नेपाल तरुण दल बाँकेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।गत भदौ २० गते नेपाल तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रिय सहमहामन्त्री महेन्द्र यादवमाथि भएको भौतिक आक्रामणको विरुद्धमा आइतबार प्रमुख जिल्ला अधिकारी बाँके मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । बुझाइएको ज्ञापन पत्रकामा लेखिएको छ, नेपाल तरुण दलका पुर्ब केन्द्रिय अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मर्ने उद्देश्यले गरेको भौतिक आक्रमणको नेपाल तरुण दल बाँके घोर भर्तसना गर्दछ साथै रिपोर्टस् क्लब भित्र भएको कार्यक्रममा हतियारसहित योजनाबद्ध तरिकाले अपराधी छिरेर आक्रमण गर्दासमेत गृह प्रशासनको सक्रियता नदेखिनु र रिपोर्टस् क्लबले सुरक्षाको कुनै ब्यवस्था बिना कार्यक्रम संचानल गर्नु द्वै त्रुटिपूर्ण देखिन्छ । यस्तै तरुण दल बाँकेले पेश गरेको ज्ञापन पत्रमा अपराधीलाई समातेर पनि अनुसन्धान नगरेको बताईएको छ ।साथै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै तरुण दल बाकेले दोषीलाई उम्काउने प्रयास गरिएकोमा कडा आन्दोलनमा जाने समेत ज्ञापनपत्र मार्फत जानकारी गएको नेपाल तरुण दल बाँकेका सचिव विनोद रिजालद्धारा हस्ताक्षर गरीएको ज्ञापनपत्रमा भनिएको छ ।
पेश गरीएको ज्ञापनपत्रकोः
