spot_img
Friday, September 29, 2023
Homeबजारनेपालगंजमा युवा उद्यमशीलता सम्मेलन र अवार्ड हुदै

नेपालगंजमा युवा उद्यमशीलता सम्मेलन र अवार्ड हुदै

spot_img

नेपालको प्रसिद्ध तथा मध्ये र सुदुरको मुख्य व्यपारीक केन्द्र नेपालगंजलाई केन्द्रित बनाउदै युवा उद्यमशीलता सम्मेलन हुने भएको छ ।क्रिएटिङ अपरचुनिटिस इन्टरनेसनल र विभिन्न सहयोगी संस्थाहरुको साझेदारीमा आउँदो भदौ महिनाको २२ गते शुक्रबार युवा सम्मेलन गर्ने अयाोजकका प्रतिनिधि प्रविन एलजीले एक पत्रकार सम्मेलन गरी जानकारी गराए ।नेपालगंजको प्रसिद्ध स्थल विपि चोक स्थित सुनाखरी रेष्टुरेन्टमा हुन गैरहेको सम्मेलनले नवप्रवर्तन,उद्यमशीलता र सामुदायिक विकासलाई प्रोत्साहित गर्ने पहलहरुलाई समर्थन गर्न महत्वपुर्ण भुमिका खेल्ने आयोजकहरुको दाबी रहेको छ। सम्मेलनको मुख्य उदेश्यका रुपमा युवा उद्यमिहरुको नवविचार,साहस र उत्कृष्ताको प्रतियोगिता गराउनु ,युवाहरुको उद्यमिता र कोशलको प्रतिष्ठान गर्नु र समृद्धि गरेको उद्यमिता समुदायको निर्माया गर्नु रहेको आयोजकले जानकारी गराएको छ ।
युवा उद्यमशीलता सम्मेलन तथा सम्मान २०२३ एउटा अनौठो स्थान हो जहाँ युवा उद्यमी,कम्पनीमा जोड्न,राष्ट्रिय स्तरका प्रभावकारहरु ,कर्पोरेट प्रशिक्षकहरुका, र निती विशेषज्ञहरु ,उद्योगलाई आकार दिने नवीनतम प्रवृत्ति र अत्याधुनिक प्रविधिहरको अन्वेषण गर्न भेला हुने रहेको छ ।
सम्मेलनको भव्यता र आकर्षणका लागि विभिन्न उद्यमिता कथाहरु र सफल व्यवसायीहरुका अनुभवहरुलाई प्रस्तुत गरिने छ जसमा युवा उद्यमी अशोक गौडेलको समेत रहने आयोजकले जानकारी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here