नेपालगंज सुनचाँदी व्यवसायी संघले आफ्नो सातौ जिल्ला अधिवेशनको अवसर पारे आफ्नो बस्ने घर समेत निर्माण गरी उद्घाटन गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र बाँके क्षेत्र नं.२ का माननिय संघिय सांसद डा.धवल समशेर राणाको प्रमुख आतिथ्य तथा ः सर्वसम्मतबाट नेपालगंज सुनचाँदी व्यवसायी संघका अध्यक्षमा निर्वाचित सलाउद्दिन जसगढको सभापतित्वमा नव निर्माण गरीएको भवनको उद्घाटन गरीएको हो । लामो समय देखि भाडामा रहदै आएको नेपालगंज सुनचाँदी व्यवसायी संघ अवका दिनमा आफ्नै भवनमा रहन पाउँदै निकै खुसी लागको भवन उद्घाटन तथा सातौ जिल्ला अधिवेशनमा उपस्थिति सुनचाँदी व्यवसायीहरुले बताए ।करिब ६० लाख रुपैयाको बजेटमा बनेको दुई तले भवन निर्माण गर्न पाउँदै निकै खुशी भएको नेपालगंज सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाद्दिन जसगढ बताउँछन ।
भवन उद्घाटन तथा सातौ अधिवेशनको अवसर पारेर भवन निर्माणमा सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाई समेत सम्मान गरीएको सर्वसम्मत नेपालगंज सुनचाँदी व्यवसायी संघका सहकोषाध्यक्ष मो.हासिम अन्सारले हामीलाई बताए । अन्सारीका अनुसार २०८०को एसईई र विभिन्न उच्च शिक्षा दिएका नौ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरीएको थियो । सम्मान हुनेमा डा.आसिफ अन्सारी,डा.अमोली टण्डन थिए भने एसईई तर्फ पलक रस्तोगी,आर्यन सोनी,आकास सोनी,एलिशा अनिस जरगर,बेबिसा दियाली,मो.आकिब अन्सारी,सक्षम रावत रहेका थिए ।

यस्तै पुर्व अध्यक्षका रहेका श्यामकुमार टण्डर,ईन्द्रमान शाक्य,साँवली प्रसाद पोरवाल,कुवेर सोनी घनश्याम दास लखेरलाई कदर पत्र सहितले सम्मान गरीएको थियो ।रेडियोकर्मी प्रज्वल श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले मन्तव्य राखेको थिए भने नेपालगंज सुनचाँदी व्यवसायी संघका महासचिव सुखनारायण सोनारले स्वागत मन्तव्य राखेका थिए ।
यसैगरी सातौ अधिवेशनको दौरानमा नेपालगंज सुनचाँदी व्यवसायी संघको दुई उपाध्यक्षको पद बाहेक सबै पदमा सर्वसम्मत भएको नेपालगंज सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।नेपालगंज सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमितिमा अध्यक्षमा सलाउद्दीन जसगढ ,महासचिवमा सुखनारायाण सोनार,सचिवमा मोहम्मद असलम जसगढ,कोषाध्यक्षमा हिमान्शु वैश्य,सह–कोषाध्यक्षमा मो.हाशिम अन्सारी निर्विरोध निर्वाचित भएको छन भने सदस्यहरुमा सन्तोष काजि शाक्य,मो.मेराज अहमद जसगढ,प्रहलाद बुर्ले,मो.रहिस जसगढ,सिद्धु स्वर्णकार,विनोद कुमार सोनी,अनिस अहमद जसगढ र संगिता सुनार महिला सदस्यमा निर्विरोध निर्वाचित भएको छन ।