साढे पाँच महिनाको अवधिमा एउटै चामलको परिक्षणको गर्दा पहिलो पटक एउटा रिर्पोट र दोस्रो पटक अर्को रिपार्टको प्रतिवेदन पठाएको विषयलाई लिएर बाँकेका अधिकारकर्मीहरुको चासो लिएका छन । शुक्रबार खाद्य अधिकार संजाल बाँकेका संयोजक घनश्याम आचार्यको संयोजकत्वमा बसेको बैठकले आफुहरुले अनुगमन गर्दा समेत अखाद्य भएर रोकिएको भनेर सम्बन्धीत कार्यालय जानकारी दिएकोमा एकाएक आएर खान मिल्ने भन्दै प्रतिवेदन पठाइनको विषय शंका गर्ने ठाउँ भएको उपस्थिति अधिकार कर्मीले बताए । बैठकमा खाद्य अधिकारका विषयमा काम गर्दै आएको फियान नेपाल बाँकेका संयोजक सुरश गौतमले खाद्य लगायतका विषयमा सामाजिक रुपमा सार्वजानिक गर्नु पर्ने आवश्यक पर्ने भएको हुदाँ सबैलाई जानकारी दिनु पर्ने बताए । फियान नेपालका संयोजक गौतमले भने,“पहिला खान मिल्दैन भनेर रिपोर्ट आउने अनि फेरी त्यसलाई खान मिल्ने भने पछि फेरी आउनेले शंका उत्पादन गर्ने हुदाँ यस्ता विषयहरुका बारेमा सम्बन्धी निकायले सामाजिक रुपमा सार्वजानिक गर्नु पर्ने हुन्छ ।”
यस्तै इन्सेक नेपालगंज बाँकेका संयोजक भोला महतोले केही अधिकार कर्मी र पत्रकारको उपस्थितमा सार्वजानिक गरीएको भन्ने विषय बाहिर आएको भएता पनि खुल्ला रुपमा त्यसमा उपस्थित नगराइएको पाइएको बताए । इन्सेक संयोजक महतोले भने,“विषय गम्भिर हो तर यसलाई त्यती गम्भिरताका साथ लिएको हामीलाई लागेन यस सम्बन्धमा सबै जागरुक हुनु पर्ने देखिन्छ ।”
यस्तै बैठकमा सहभागि अधिवक्ता विश्वजित तिवारीले यस्ता विषयहरु पटक पटक उठ्ने गरेको भएता पनि केही महिना पछि हराएर जाने प्रचलनले गर्दा अधिकरका विषयहरुलाई गौण बनाउने चेष्टा सबैबाट हुदै गएको बताए । उनले भने,“कानुनमा मानिसले गुणस्तरी खान खान पाउनु पर्ने स्पष्ट लेखिएको छ तर कानुन कार्यान्वयनमा रहेकाहरुले कानुनको पालना गरे कि गरेनन भन्ने प्रश्न सधै उठ्ने गरेको पाइन्छ ।”यस्तै गरी अर्का मानवअधिकार कर्मी प्रभात कुमार ठकुरीले मानवले गुणस्तरीय खाना खान पाउनु पर्दछ यसरी चरमलापरवाहि गर्दै जादाँ हाम्रा अधिकारका विषयमा कस्ले बोल्ने भन्ने विषयमा समेत प्रश्न र शंका उठ्न थालेको बताए ।मानवअधिकरकर्मि ठकुरीले भने,“हरेक मान्छेले गुणस्तरीय खान पाउनु पर्दछ गुणस्तरका सवालमा कहि कसैले पनि सम्झौता गर्न हुदैन ।”
खाद्य अधिकार संजाल बाँकेका संयोजक आचार्यले बाँकेमा खाद्य अधिकारका विषयहरु विभिन्न भएता पनि सम्बन्धित निकायहरु अझै गम्भिर हुन नसकेमा दुखेको व्यक्त गरे ।
बाँकेको नेपालगंजमा रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले गत माघ १८ गते गरेको परिक्षणबाट विश्व खाद्य कार्यक्रमले त्याएको चामललाई भिजेको ,गन्ध आएको ,खान अयोग्य रहेको भनेर प्र्रतिवेदन दिएको थियो भने सोही चामलको पुनः साउन ३ गते परिक्षण गर्दा खान योग्य र गुणस्तरइ भने प्रतिवेदन दिएको छ ।नेपालगैज् भन्सार कार्यालयका अनुसार ५४ हजार किलो चामल बोकेका विश्व खाद्य कार्यक्रमका तीनवट कन्टेनर गत माघ १५ गते नेपालगंज भन्सारमा आइपुग्दा चामल भिजेको र कुहिएको जस्तो देखिएकाले गुणस्तर जाँच गर्न चामलको नमुना खाद्य आयात निर्यात गुणस्तर निर्यात तथा प्रमाणीकरण कार्यालय नेपालगंज पठाइएको र कार्यालयले गुणस्तरीय भनी प्रतिवेदन पठाएको जानकारी दिएको छ । खाद्य अधिकार संजाल बाँकेका सदस्य धु्रर्व राज शर्मा लगायतको उपस्थितिमा बाँकेका शहरको अनुगमन ,प्रकृति सम्पदाहरुको संरक्षण तथा खाद्य अधिकार विभिन्न विषयहरुको बैठक केन्द्रित भएको थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00