spot_img
Thursday, September 28, 2023
Homeबजारचिरपरिचित ललित रौनियार : नेउवा संघको नेतृत्व लिन तयार

चिरपरिचित ललित रौनियार : नेउवा संघको नेतृत्व लिन तयार

spot_img

ललित रौनियार नेपालगन्ज शहरका लागी नौलो परिचय होईनन,राजनीतिक रुपमा विभिन्न खाले आरोह र अवरोह पार गरेका रौनियार यस क्षेत्रको विकासमा निजि क्षेत्रको भूमिका मजवुत बनाउन लागी परेका ब्यक्ति हुन ।

रौनियार भन्छन(ुउद्योगी,ब्यवसायी,ब्यापारीको हक हितमा बोल्ने मेरो धर्म हो । म उपभोक्तालाई बजारमा सहजता होस भन्ने पनि ठान्दछु उपभोक्ता पनि ठगीमा नपरुन भन्ने सोंच राख्दछु ।ु

नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, पूर्व बरिष्ठ कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरेका रौनियार नेपाल वितरक महासंघ काठमाडौंका पूर्व उपाध्यक्ष, नेपालगन्ज वितरण संघको संस्थापक अध्यक्ष हुन् । उद्योग व्यवसायसँगै रौनियारले सामाजिक क्षेत्रमा समेत टेवा पुर्याएका छन् ।

जिल्ला कै शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक क्षेत्रको विकासमा रौनियारको सक्रियता पनि उत्तिकै छ ।

नेपालगन्जका चिरपरिचित रौनियार नेपाल चीन शैक्षिक तथा सांस्कृतिक परिषदको केन्द्रीय सदस्य, नेपालगन्ज नगर विकास समितिका पूर्व अध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने एक सफल अनुहार हुन् । आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार छन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ सँगको सहकार्यमा विभिन्न क्षेत्रका ब्यवसायीलाई समेट्दै अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारीम रहेको रौनियार बताउँछन् ।
जरजर अवस्थामा रहेको देशको अर्थतन्त्रको पछिल्लो अवस्थाबाट गुज्रिरहेका उद्योगी,ब्यवसायीका समस्यालाई राज्यका नीति निर्माण गर्ने तह सम्म पुर्याउन र समाधाा खोज्न आँफुले प्रयास गरिरहेकाले अब नेतृत्व तहमा पुगेर सेवा गर्ने मनसाय रहेको रौनियारको भनाई छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागी माओवादी केन्द्र निकट समावेशी प्यानलका टंक धामी र रौनियार बीच प्रतिष्पर्धा हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here