नेपाली कांग्रेस प्रदेश २ ‘ख’का उप सभापति अभिषेक श्रेष्ठमाथि शनिबार राति १० बजे प्रदिप भैवा लगाएतका युवाहरुको समुहले आक्रमण गरेका छन् ।
उक्त घट्ना प्रति नेपाली कांग्रेस प्रदेश २ ‘ख’ सभापति जितेन्द्र बहादुर हमालले विज्ञप्ति मार्फत आक्रमण गर्ने युवाहरुको समुह माथि कार्वाहीका लागी माग गरेका छन् ।
आक्रमण लगत्तै प्रहरीले आक्रमण गर्ने समुहको नेतृत्व गरेका प्रदिपलाई पक्राउ गरेको थियो । यस अघि पनि गुण्डागर्दी र लागु ओषध सहित सार्वजनिक स्थलमा खुलेयाम बन्दुकबाट गोली प्रहार गर्ने लगाएतका गतिविधिमा लागेका
प्रदिप केही दिन अघि मात्रै अदालतबाट धरौटीमा रिहा भएका थिए ।
00