spot_img
Friday, September 29, 2023
Homeखेलकुदबाँके खेलकुद विकास समितिको एक वर्षलाई हेर्दा

बाँके खेलकुद विकास समितिको एक वर्षलाई हेर्दा

spot_img

जिल्ला खेलकुद विकास समिति बाँकेले आफ्नो एक वर्षीय कार्यकालको गतिविधिलाई सार्वजनिक गरेको छ । अध्यक्ष सन्दिपजंग शाहको नेतृत्वमा रहेको खेलकुद विकास समिति प्रदेश खेलकुद विकास परिषद लुम्बिनीको २०७९ असार १९ गतेको निर्णय अनुसार गठन भएको हो ।शाहको नेतृत्वमा रहेको समितिले आफ्नो एक वर्षे कार्यकाल भित्र विभिन्न कार्यक्रमहरु गरेको छ ।समितिले आफ्नो कार्यकालको पहिलो आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताका शिर्षकमा रु ४ लाख,नेपालगन्ज उप महानगरपालिकाबाट प्राप्त रु ९३ हजार ६ सय ६०,कोहलपुर नगरपालिकाबाट रु५१ हजार ७ सय ९२,राप्ति सोनारी गाउँपालिकाबाट रु ९८ हजार ६ सय ६२ र जानकी स्थानीय तहबाट रु४९ हजार १ सय ६० रकम आम्दानी भएको जनाएको छ ।
त्यसैगरी संघ तथा क्लव दर्ता शुल्क वापत रु १६ हजार ५ सय समेत गरी जम्मा रु ७ लाख ९ हजार ७ सय ७४ रुपैया आम्दानि गरेको छ । साथै समिति बाँकेले जिल्ला चौधौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन सहितको अर्को शिर्षकमा सामाजिक डिभिजन कार्यालय मार्फत रु ४ लाख र ७ वटा स्थानीय तह तहको दर्ता शुल्कबाट रु १ लाख ४० हजार आम्दानी गरेको जनाईएको छ ।
त्यस्तै कोहलपुर नगरपालिकाबाट रू ४९ हजार २ सय ५० थप आम्दानी भएको जनाएको छ ।यसरी प्राप्त भएको रकममा पहिलो शिर्षकको बजेटमा ७ लाख ९ हजार ७ सय ७४ मध्ये रु ५ लाख ५६ हजार ८ सय ७ रुपैया ८२ पैसा खर्च भएको जनाएको छ ।
दोश्रो शिर्षक अन्तरगतको जम्मा रु ५ लाख ८९ हजार २ सय ५० मध्ये रकम ५ लाख ५९ हजार ५ सय ३१ रुपैया ५८ पैसा रकम खर्च भएको छ ।समिति बाँकेको खातामा रु २ लाख १५ हजार ४२ रुपैया ६० पैसा मौजदात समेत रहेको छ ।वि।सं। २०७९ असार २४ देखि २६ सम्म सम्पन्न बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा बाँके प्रथम भएको विषयलाई उपलब्धिका रुपमा लिएको जनाएको छ । त्यसैगरी २०७९ भदौ ६ दखि २४ सम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता जिल्लमा सफलतापुर्वक सम्पन्न गरेको जनाएको छ ।
२०७९ असोज २ देखि १५ गते सम्म सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रदेश स्तरीय प्रतियोगीता बुटवलमा जिल्लाले २८ स्वर्ण,३० रजत र १५ काश्य पदक सहित ७३ मेडल प्राप्त गरेको बताईएको छ । साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताको २०७९ असोज २८ देखि कातिक ३ गते सम्म सम्पन्न भएका खेलमा ५ स्वर्ण,५ रजत र ५ काश्य पदक सहित १५ मेडल बाँके जिल्लाले हांसिल गरेको उल्लेख छ ।
समिति बाँकेले उल्लेख गरे अनुसार बुटवलमा सम्पन्न तेह्रौं प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता बैशाख ११ देखि १३ सम्म चल्दा बाँके जिल्ला प्रथम भएको समेत यो कार्यसमितिको उपलब्धिका रुपमा समेटिएको छ । त्यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । खेलाडी तथा प्रशिक्षकहरुलाई खेल मैदानमा सहज पहुँच र आगामी बर्षका लागी विभिन्न क्षेत्रबाट बजेटको ब्यवस्था गर्न पहल गरएको समेत जनाईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here