पाल्पा जिल्लाबाट विभिन्न उदेश्य राख्दै बाँके जिल्लामा बसोबास गर्दै आएकाहरुको समुह पाल्पाली मिलन केन्द्रले आफ्नो स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको छ ।विक्रम सम्बत २०७९ साल जेष्ठ २८ गते विधिवतरुपमा स्थापना भएको मिलन केन्द्रले दुई वर्ष पुरा गरेको हो ।

आफ्नो स्थापनामा दिवसमा केन्द्रले विभिन्न कार्यक्रम समेत गरेको छ । बाँकेको कोहलपुरमा रहेको निलसागर बृद्धा आश्राममा रहेका करिब २५ जना जेष्ठ नागरिकहरुलाई खाद्यान्न वितरण तथा भोजन खुवाएको छ । यसैगरी केन्द्रले आईतबार नै नेपालगंजमा लागु औषध प्रयोग रोकथाम न्युनीकरणी र ट्राफिक नियम सम्बन्धी प्रशिक्षण र अन्तरक्रिया तथा हाजिरी जवाफ प्रतियोगिता समेत गरेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न गरीएको कार्यक्रमको सभापतित्व केन्द्रका सभापति माधव प्रसाद पोखरेलले गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाअध्यक्ष श्रेष्ठले लागु औषध प्रयोगको रोकथामका लागि जनचेतना मुलक कार्यक्रम र कानुनी कारबाहीका तरीकाले गर्न सकिने भएता पनि जनचेतनालाई प्रथामिकतामा राख्नु पर्ने बताए । अध्यक्ष श्रेष्ठले बाँके लगायत विभिन्न स्थानहरुको स्थापना भएका समाजहरुको महत्वका बारेमा बोल्दै भने,“निर्माण भएका समाजले समाजको दायित्वलाई बुझ्दै सामाजिक रुपमा अगाडी बढ्नु पर्दछ,समाजलाई शिक्षासंग जोड्नु पर्दछ ।” प्रमुख अतिथिका रुपमा रहेका वडा अध्यक्ष श्रेष्ठले विद्यालय शिक्षणमा समेत अतिरित्त कक्षाहरु संचालन गरी लागु औषध विरुद्धका विषय र ट्राफिक नियमका विषयलाई समावेश गरीनु पर्ने बताए ।यसैगरी कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष तथा कार्यक्रमका अतिथि दिपेन्द्र जोसी,नेपाल राष्ट्रिय आधारभुत विद्यालय नेपालगंज–२ का प्रधानध्यापक विरेन्द्र कुमार यादव,गुल्मेली समाज बाँकेका अध्यक्ष हरिलाल न्यौपाने,अछामी समाज बाँकेका अध्यक्ष पुस्कर खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमा लागु औषध प्रयोगको न्युनिकरणका लागि सरोकारवाल निकायले खेल्नु पर्ने विषयका बारेमा अन्तरक्रिया तथा ट्रफिक नियमको पालनमा विषयमा ट्रफिक कार्यलय नेपालगंजका प्रमुख पुरुषोत्तम पौडेलले प्रशिक्षण दिएका थिए ।केन्द्रका सचिव थानेश्वर पाण्डेले सहजीकरण गरेका कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्याथीहरुको उपस्थित रहेका थियो भने विद्यार्थीहरु तथा शिक्षकहरुका विचमा हाजिर जफाव प्रतियोगिता गराइएको थियो ।कार्यक्रमको समन्वय सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेले गरेको हो ।
