सामाजिक सुरक्षा भत्ताका लागि जेष्ठ नागरीकहरुको लाइन बैकका भित्ताहरुमा देखिने गरीएको थियो भने अवका दिनमा त्यसो नहुने भएको छ । स्थानिय तहले सामाजिक सुरक्षा कार्यक्रमलाई सुविधायुक्त तरीकाले वितरण गर्ने भनेको भएता पनि अझै सम्म उहि पुरानै शैलीमा वितरण कार्य भैरहेको भएता पनि अहिले आएर नेपालगंज उपमहानगरपालिकाले अव विद्युतीय भुक्तानी प्रणाली “इएफटी”मार्फत वितरण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि “ईएफटी” मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखाका प्रमुख प्रविणकुमार रानाले बताए ।
“ईएफटी”सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैंक खातामा पठाइनेछ । सम्झौता गरिएका बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइने रानाले बताए ।
यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अव उपमहानगरपालिकाले रकम पठाउने छ । आगामी साउनदेखि परिक्षणको रुपमा नेपालगंज उपमहानगरपालिका सहित ५० वटा स्थानीय तहमा “इएफटी”मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका माधव शर्माले बताए ।
पञ्जीकरण शाखाले शनिबार नेपालगंजमा आयोजना गरेको “इएफटी” र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासंग सम्बन्धित कार्य सम्पादन स्तरका सवालहरुमा अन्तरक्रिया विषयक कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सचिव बैंकका प्रतिनिधिहरुलाई “इएफटी” भुक्तानी प्रणालीका विषयमा अभिमुखीकरण गरिएको छ ।
नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षता एवंम नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था,समस्या र समाधानका विषयसँगै व्यक्तिगत घटना दर्ताको अवस्था, नागरिक चासो र सचेतनाको अवस्थाबारे छलफल गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले “इएफटी” मार्फत सामाजिक सुरक्षा भत्ता वितरणले लाभग्राहीलाई अझ सहज हुने बताए ।मेयर विष्टले उपमहानगरपालिकाले सिधै लाभग्राहीको खातामा पैसा पठाइदिने भएपछि तत्काल रकम निकाल्न सक्ने सहजता लाभग्राहीलाई हुने बताए ।प्रमुख प्रशासकीय अधिकृत रिजालले“ईएफटी”मार्फत लाभग्राहीले प्रविधिमैत्री छिटोछरिटो र सहज सेवा पाउने बताए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00