spot_img
Thursday, September 28, 2023
Homeकला/साहित्यभण्डारीको“मयँगाठो”

भण्डारीको“मयँगाठो”

spot_img

बाँकेको नेपालगंजमा “मयँगाठो”नामक कथासंग्रह विमोचन भएको छ ।शनिबार साहित्यकार डा. इन्द्र बहादुर भण्डारीद्धारा लिखित कथा संग्रह “मयगाठो” एक कार्यक्रमका विच विमोचन गरीएको हो । कथासंग्रहको विमोचन तथा कथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै विमोचन कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार सनत रेग्मीले लेखकहरुलाई समालोचना भन्दा पनि हौसला प्रदान गर्नु पर्ने बताए ।समालोचनाले लेखकको लेखनमा निखार ल्याउने भएता पनि विमोचनसँगै समालोचनाको कार्यक्रम राख्न नहुने बताए ।बरिष्ठ साहित्यकार रेग्मीले बाँकेका साहित्यकारहरुको संख्यामा क्रमश बृद्धि हुदै आएकोमा खुशी व्यक्त गर्दै समयसँगै लेखन शैलीलाई समेत परिवर्तन गर्नु पर्ने बताए ।
यसैगरी अर्का वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटरले लेखिएका पुस्तक माथिको प्रतिक्रिया दिन नसकिने बताउँदै कुनै पनि लेखीयका पुस्तकले सामाजिक रुपान्तरणको पाटोलाई समेट्न सक्नु पर्ने बताए ।यस्तै साहित्यकार तथा लेखक नयनराज पाण्डेले साहित्यले स्थानिय कथाहरुलाई समेट्न सक्नु पर्ने बताए ।साहित्यकार ईश्वरी रिजाल,सुमित्रा न्यौपाने,भीमबहादुर शाही,ऋषिराम सापकोटाले समालोचकको रुपमा विमोचित कथासग्रह माथि समीक्षा गरेका थिए ।खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणि आर्यालले सहजीकरण गरेको कार्यक्रममा प्राविधिक विश्वविद्यालयका प्रमुख प्रा.डा.कृष्ण घिमिरे,खजुरा गाउँपालिका प्रशासकीय प्रमुख अर्जुन सुवेदी,नेपाल प्रज्ञा प्रस्तिष्ठान सभा सदस्य शशिराम कार्की,महानन्द ढकाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।खजुरा प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रकाशित कथासंग्रहमा अठार कथाहरु रहेको छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here