महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा हाजिरी जवाफ प्रतियोगिता विहिबार सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको आयोजनमा क्याम्पसमा अध्ययनरत विभिन्न संकायहरुका विद्यार्थीहरुको समुहगत उपस्थितिमा हाजिरी जवाफ प्रतियोगिता कार्याक्रम सम्पन्न भएको हो ।स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस सभापति माधव खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभासद रत्न खत्री रहेका थिए भने विशिष्ट अतिथिमा नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट र महेन्द्र बुहमुखी क्याम्पस नेपालगंजका प्रमुख लालमणी आर्चाय रहेको स्ववियु सचिव हरेन्द्र विकले जानकारी दिए ।स्ववियु उपसभापति जिवन जंग ठकुरीले उद्घाटन सत्रमा स्वागत मन्तव्य राखेको थिए ।सचिव विकका अनुसार महेन्द्र बहुमुखी क्याम्पस स्तरीय हाजिर जवाफ प्रतियोगितामा जम्मा ३६ समुह सहभागि भएको थियो जसमा क्रममा वि.एड,बि.ए र बि.एस.सि का विद्यार्थीहरु क्रमशः प्रथम,द्धितिय र तृतीय स्थान हासिल गरेका थिए ।प्रथम स्थान हासिल गर्ने समुहलाई नगद रु आठ हजार र प्रमाण पत्र,दोस्रो स्थान हासिल गर्ने लाइ रु छ हजार र प्रमाण पत्र,र तेस्रो हुनेलाई ४ हजार प्रमाण पत्र प्रदान गरीएको थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00