पछिल्लो समय बाँकेमा रगत अभाव हुन थालेको देखिएको छ ,जसले गर्दा विरामीहरुलाई दैनिक आवश्यक रगत पुर्याउन गाह्रो भैरहेको अवस्था छ । यही अवस्थामा नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन बाँकेले शनिबार रक्तदान गर्न लागेको छ ।
दैनिक विरामीको चाप बढेसगै रगतको खाचो आवश्यकता महसुस गर्दै स्थापना दिवसका अवसरमा रक्तदान महादान गर्न लागिएको प्रेस युनियन बाँकेले जानकारी दिएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसंचार केन्द्र नेपालगंजले समेत पछिल्लो समय रक्तदान गर्नेको खासै उपस्थित नदेखिरहेको अवस्थामा युनियन गर्ने लागेको रक्तदानको कार्यक्रमलाई निकै स्वागतयोग्य भएको बताएको छ ।नेपाल प्रेस युनियन बाँकेले शनिबार बृहत रक्तदान कार्यक्रम गर्न लागेको हो । आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष अर्जुन ओलीले जानकारी दिएका छन् ।
रेडक्रसको रक्तसञ्चार केन्द्र नेपालगन्जमा बिहान ११ बजेदेखी रक्तदान कार्यक्रम सुरु गरिने उनले बताए । रक्तदान जस्तो मानवीय कार्यमा सहभागिता जनाएर रगत दान गर्न विभिन्न माध्यममार्फत सबैलाई आब्हान गरिएको कार्यक्रम संयोजक समेत रहेका युनियनका उपाध्यक्ष समिरमान श्रेष्ठले बताए । रक्तदातालाई प्रशंसा पत्र समेत प्रदान गरिने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।
बाँकेका सचिव विजय मल्ले रक्तदानमा सहभागिता जनाउन पत्रकार लगायत सबै क्षेत्रका रक्तदातालाई सार्बजनिक रुपमा आब्हान गरिएको जानकारी दिए । रक्तदान कार्यक्रमका लागि रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जले प्राविधिक सहयोग गर्ने भएको छ ।