spot_img
Thursday, September 28, 2023
Homeबजारसदभावमा खतराः किशोरी अपहरणको आरोपमा आफन्त त्रिभुवन चोकमा

सदभावमा खतराः किशोरी अपहरणको आरोपमा आफन्त त्रिभुवन चोकमा

spot_img

बाँकेको नेपालगंजमा शुक्रबार साँझ ८ दिनदेखि नाबालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर जबरजस्ती करणी गरेको भन्ने आरोप लगाउँदै पिडिटका आफन्तहरु नेपालगंजको त्रिभुवन चोकमा जम्मा गएर विरोध जनाएका छन । हिन्दु समुदायको १७ वर्षिय नाबालिकालाई मुस्लिम सुमदायका एक किशोरले अपहरणका साथै करणी गरीरहेका आरोपको लगाउँदै पिडितका आफन्त र हिन्दुवादी अगुवाहरु विरोध प्रदर्शन गर्दै सडकमा जम्मा भएका हुन ।
नेपालगंज उपमहानगरपालिका वडा नं.११ पसाङ्गल्हामु मार्ग नजिक वस्ने मेहदी राईका छोरा वर्ष २१ नुर आलम राईले नाबालिकालाई मायाजालमा पारेर अपहरण गरेर जबरजस्ती करणी एवं मावन बेचविखन गरेको आरोप आफन्त तथा हिन्दुवादीहरुले लगाएका छन ।राई विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्धा दर्ता समेत भैसकेको छ ।राई विरुद्ध शरीर बन्धक ,जबरजस्ती करणी ,मानव बेचविखन तथा ओसारपसार(नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्धा दर्ता भएको हो ।पिडितका आफन्तले मुद्धा दर्ता गराउन समेत सास्ती खेप्नु परेको हामीलाई बताए ।गत जेठ ५ गते घटेको घटना आठ दिन पछि मात्र प्रहरील मुद्धा दर्ता गरेको पिडितहरु बताउँछन ।नाबालिका आमा मिना कहारिनले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा मुद्धा गराएको बताईन ।उनले आफ्नो छोरी जेठ ५ गते विहान ८ बजे कक्षा १२को परिक्षा दिन परिक्षा केन्द्र स्थानिय महेन्द्र स्कुलमा गएको र नफर्केपछ खोजी सुरु गरीएको बताईन । परिक्षा केन्द्र बन्द भै सकेको अवस्थामा नाबालिकाको विषयमा आफन्त लगायत साथीहरुसँग बुझ्दा समेत कुनै जानकारी आएको थिएन । आमा कहारिनले भनिन,“मैले विश्वास गरेर घरको साचो समेत राख्न दिए तर घरमा राखेको नगद १२ लाख तथा ३ लाख ५० हजार बराबरको सुनचाँदी समेत घरमा छैन,” ।त्रिभुवनचोकमा घटनाको विरोध एवं प्रशासनलाई दवाबका लागि आयोजना गरीएको प्रदर्शनमा बोल्दै आमा कहारिनले आफुलाई ज्यान मार्ने धम्की पाएको भन्दै यसो भन्छिन,“मेरो छोरीलाई अपहरण गरेर भारत लगेका छन,जबरजस्ती करणी गरेका छन,”२१ वर्षिय राईले नाबालिकालाई शरीर बन्धक बनाएर जवरजस्ती करणी गरेको र मानव बेचविखन तथा ओसारपसार(नियन्त्रण)ऐन २०६४को कसुर गरेको आधारमा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २११,२१२,२९९ दर्ता भएको जानकारी भएको छ । लभ–जिहादका नाममा भैरहेको घटनाहरुलाई यस घटना सँग जोडेर नेपालगंजमा दुई समुदाय विचको आपसी सदभावमा दरार पैदा गर्ने सम्भावना बढ्दै गएको देखिन्छ । प्रहरीले यस घटनालाई गम्भिर रुपमा अनुसन्धान गरी छिटोभन्दा छिटो घटना बाहिर ल्याउने पर्ने अवस्था रहेका जानकारहरु बताउँछन । यता पिडित पक्षहरुले कडा रुपमा प्रदर्शन गर्ने चेतावनी समेत दिइ सकेको अवस्था छ । आफ्ना नातिनीको घटनालाई लिएर घरका अभिभावक हृदयघात भएर मृत्यु समेत भएको आफन्तहरुले बताएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here