नेपाल शिक्षकल संघ बाँके जिल्ला कायसमितिले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा मानव सेवा लगायतका कार्यक्रममा व्यस्त राख्दै मनाएको छ । संघले आफ्नो ३४ औ स्थापना दिवसको अवसरमा बाकेको बाके गाउँमा रहेको सरस्वती प्राथमिक विद्यालयमा रहेका बौद्धिक अपांग रहेका बालबालिका लागि आवश्यक सामाग्री वितरण गरेको संघका अध्यक्ष ऋषिराज शर्माले बताए ।संघका अध्यक्ष शर्माका अनुसार नेपालगंज स्थित मानव सेवा आश्रममा खाद्यान्न वितरण गरिएको जानकारी गराए । यसैगरी स्थापना दिवसका अवसरमा नव नियुक्त शिक्षकलाई बधाई तथा सम्मान गरिएको थियो ।कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका निम्ति स्थापना दिवसका अवसरमा नयाँ पाठ्यक्रम बमोजिमको मुल्यांकन प्रणालीका बारेमा महत्त्वपूर्ण प्रस्तुतिकरण र संस्थाको विकासमा योगदान पुर्याउनेलाई सम्मान गरिएको थियोे ।कार्यक्रममा नेपाली कांग्रेस बाके जिल्ला सभापति नारायण गौडेल, नेपाल शिक्षक संघ संघिय महासचिव ज्ञानेन्द्र रावल लगायतको उपस्थिति रहेको थियो ।संघले आफ्नो स्थापना दिवस प्रत्येक बैशाख ३० गते मनाउने गरेको छ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00