spot_img
Saturday, June 3, 2023
Homeकला/साहित्यदेवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक

देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक

spot_img

कैलाली निवासी कवि देवव्रतको बहुप्रतिक्षित कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक भएको छ । काठमाडौंको सर्वनाम थिएटरमा शनिबार कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गरे । कार्यक्रममा बोल्दै कवि मुकारुङले देवव्रतको कवितामा लयविधान भएको बताए । ‘पछिल्लो पुस्तामा नयाँ शैली लेख्ने कविहरू छन् । त्यसमध्ये देवव्रत पुगेका छन् । यो संग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन् । कतिपय कविता पढ्दा ईश्र्या पनि लाग्यो,’ उनले भने, ’उनका प्रत्येक कविता पढ्दा संगीत गुन्गुनाए जस्तो छ ।’
निबन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलि जस्तै बिलाइजाने पानीको थोपा जस्ता नभएको उनले बताए । ‘देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो छ,’ सापकोटाले भने । देवव्रतका कवितामा हजारौं वर्षदेखिको पुरानो घाउ, मधेशका दलित र कणरलीका आम मान्छेका जीवन समेटिएको बताए । लेखक वन्दनाले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताइन् । ‘उनका कविताले मृत्यु बोलेका छन् । आत्महत्या बोलेका छन् । चरम उपभोक्तावादी समय पनि बोलेको छ । कणरलीमा भएको अभाव बोलेको छ,’ उनले भनिन्, ‘देवव्रतको कविताले भविष्यमा हस्तक्षेपकारी भूमिका खेल्छन् ।’
कार्यक्रममा देवव्रतले संग्रहको शीर्ष कविता वाचन गरेका थिए । संग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य दुई सय ९९ रुपैयाँ रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here