कोरोनाको कहरबाट गुञ्ज्रिदै आएका व्यवसायीहरु प्रति नेपाल सरकार संवेदनशिल बन्न नसकेको वस्तुसंघ बाँकेले आरोप लगाएको छ ।शनिबार सम्पन्न तयारी कपडा,व्याग ,जुत्ता ,चप्पल तथा खुद्रा व्यवसायी संघको रुपमा रहेको बस्तुगत संघका आफ्नो चौथो–छैठौ बार्षिक साधारण सभा र तेस्रो अधिवेशनमा बस्तुगत संघका अध्यक्ष शिव प्रसाद दाहालले यस्तो आरोप लगाएका हुन ।संघको उद्घाटन सत्रमा आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुतका क्रममा अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन । “कोरोनाको अवस्थामा नै आर्थिक अवस्था खराब बन्ने भन्ने विषय विश्व लगायत सर्वसाधारणलाई समेत थहा हुदाँ हुदै पनि नेपाल सरकारले न त योजना बनायो न त संवेदनशिल भयो” अध्यक्ष दाहालले भने ।
यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले केन्द्रिय स्तरबाट नेपाल सरकारसँग यस विषयमा भेटघाट भैरहेको तर यसको समाधानका लागि छिटै नै केही निकास आउने हुदाँ व्यवसायी बन्द गर्नु भन्दा पनि समस्याको डटेर सामना गर्न व्यवसायीहरुलाई आग्रह गरे ।प्रमुख अतिथिको रुपमा उपस्थित महासंघका केन्द्रिय सदस्य तथा नेपालगंज उद्योग वाणिज्य संघ अध्यक्ष मन्सुरीले भने,“व्यवसाय गर्दै गर्दा नाफा घाटा हुन्छ तर आत्तिनु हुदैन,भविष्य राम्रो हुन्छ ,बैकको आतङ्क बढै गएको छ तर यसका बारेमा हामीले नेपाल सरकारलाई जानकारी गराएका छौ,निकास निस्कन्छ ।”केन्द्रिय सदस्य तथा नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेको मन्सुरीले बैकले कसैको पनि घर जग्गा लिलाम गर्दै गरेको छ भने कुनै पनि व्यवसायीहरुले आफुलाई मौकाको फाइदा नउठाउन र बैकलाई खबरदारी गर्नका लागि आग्रह समेत व्यवसायीहरुलाई गरेका छन।
यसैगरी विशिष्ट अतिथिका रुपमा रहेका नेपालगंज उपमहानगरपालिका वडा नं।२ र ४ का वडा अध्यक्ष क्रमश मनोज कुमार श्रेष्ठ र गोपाल पुनले व्यवसायी हितका लागि वडाहरुको ढोका सधैव खुला रहेको बताए ।व्यवसायीहरुलाई शहर तथा वडा सुन्दर राख्नका लागि फोहोरहरु व्यवस्थीत रुपले व्यवस्थापन गर्न समेत आग्रह गरे ।सफाई कर्मचारीहरुको अभावका कारण थोरै कर्मचारीले बढि क्षेत्र हेनु पर्ने बाध्यता भएको हुदाँ व्यवसायीहरुले समेत यस विषयमा जिम्मेवार बन्न अध्यक्षद्धय श्रेष्ठ र पुनले आग्रह गरेको थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपिन आर्चायले खुला सिमानाका समस्याको रुपमा हेर्दै आएका व्यवसायीहरु स्वमले समेत यसमा जिम्मेवार भएकार समस्याको समाधान खोज्नु पर्ने बताए । बाँके प्रमुख जिल्ला अधिकारी आचार्यले अवका दिनमा प्रविधिलाई प्रयोग गर्नु पर्ने विषयमा जोड दिदै भने,“हामीहरु विच पनि केही कमजोरी रहेको छ त्यसलाई हटाउनु पर्छ,व्यवसायीहरुले प्रविधिले दिएका सुविधाहरुको प्रयोग गर्नु पर्छ ,आफ्ना खातापाताहरु शुद्ध र सफा ढंगले राखे पछि कुनै पनि समस्या नआउने सक्छ ,हामीहरुले प्रक्रियाका विषयमा अलि ख्याल गर्नु पर्छ ।”
यसैगरी आन्तरीक राजस्व कार्यालयका कर अधिकृत सतेन्द्र गुरुङले सामाजिक आर्थिक रुपान्तरणका लागि व्यवसायीहरुको महत्वपुर्ण योगदान रहने भएको हुदाँ व्यवसायी र राजस्व कार्यालयको सम्बन्ध सुमधुर हुनु पर्ने बताए ।अधिकृत गूरुङले नेपालको कर प्रणाली निकै उदार भएको हुदाँ यसमा व्यवसायी आफै कति कर तिर्ने भनेर आफै मुल्याङकन गर्न सक्ने बताए ।नियमित रुपमा करको कारोबार गरेको खण्डमा कुनै समस्या नआउने कर अधिकृत गूरुङको सुझाव रहेको छ ।
यसैगरी नेपालगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले देशमा भ्रष्टचार बढ्दै जादा व्यवसायीहरुको पलायनका अवस्था सृजना भएको दुख व्यक्ति गरे ।पुर्व अध्यक्ष श्रेष्ठले खुला सिमानाका एवं व्यवसायी पलायनको समस्या बढ्दै गएको हुदाँ सम्बन्धित निकायले यस विषयलाई सम्बोधन गर्नु पर्ने बताए ।
यसैगरी अर्का व्यवसायी सुरेश जंज बंजाराले नेपाल सरकार मात्रै नभएर व्यवसायी हितका लागि स्थापना गरीएका संघसंगठनहरुका नेतृत्व समेत निकै फितलो हुदाँ व्यवसायीका पिर मर्काहरुको सम्बोधन हुन नसकेको आक्रोस पोखेका थिए ।बंजाराले व्यवसायका संघ संगठनहरुका कार्याक्रम चमकधमक भन्दा पनि समस्या समाधानका लागि अग्रसर हुनु पर्ने सल्लाह समेत दिए ।
वस्तुगत व्यवसायी संघका उपाध्यक्ष हिमनाथ पौडेलले स्वागत मन्तव्य दिएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष भिमबहादुर रानाभाट,खुद्रा व्यवसायी संघका सल्लाकार दुर्गा प्रसाद भण्डारी,घरेलु कार्यालय नेपालगंज बाँकेका रमेश बुढाथोकी,रेडिमेटका अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ,योग गुरुका रुपमा रहेका गिरीराज भट्टराई लगायतले सम्बोधन गरेका थिए ।यसैगरी संघका सचिव युवराज काफ्लेद्धारा संचालित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरीएको थियो ।सम्मानित हुनेहरुमा अनुकरणीय व्यक्तिका रुपमा व्यवसायी रतिलाल पराजुली र सामाजिक अभियान्ताका रुपमा योगगुरु गिरीराज भट्टराइ,वस्तुगतका संस्थापक अध्यक्ष भिम बहादुर राना,नेपाल उद्योग महासंघका केन्द्रिय सदस्य अब्दुल वाहीद मन्सुरी लगायतलाई दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरीएको थियो ।कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरुलाई मायाको चिनो प्रदान गरीएको थियो ।
खुद्रा व्यवसायीको अध्यक्षमा पौडेल

शनिबार नै वस्तुगत संघ अर्थात तयारी कपडा,ब्याग,जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगंज बाँकेको अध्यक्षमा स्थानिय व्यवसायी हिमनाथ पौडेलको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमिति गठन अध्यक्ष हिमनाथ पौडेल,उपाध्यक्ष सुरेश जंग बञ्जारा,उपाध्यक्ष(महिला) रुक्मिना भारती,सचिव युवराज काफ्ले,सहसचिव ललित बहादुर कडायत,कोषाध्यक्ष केदार प्रसाद दाहाल,सदस्य तुलसीराम अधिकारी,सन्तोष बजगाई,शन्जु श्रेष्ठ,प्रमिला बस्नेत,सरिता काफ्ले,नरेन्द्र सिंह ठकुरी,अर्चना घिसिङ,चन्द्रमाया नेपाली,तुलसी महत्ता,दिनेश सापकोटा,
शनिबार व्यवसायी हितका गठन गरीएको तयारी कपडा,ब्याग ,जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघले नयाँ नेतृत्व पाएको छ ।चौथो–छैठौ वार्षिक साधारण सभा र तेस्रो अधिवेशनबाट व्यवसायी हिमनाथ पौडेलको अध्यक्षतामा व्यवसायी संघले नयाँ नेतृत्व पाएको हो ।यसैगरी संघको नव निर्वाचित उपाध्यक्षमा सुरेश जंग बन्जारा, महिला उपाध्यक्षमा रुक्मिना भारती, सचिवमा युवराज काफले, सह–सचिवमा ललित बहादुर कडायत, कोषाध्यक्षमा केदार प्रसाद दाहाल रहेका छन् । यसैगरी संघको सदस्यहरुमा तुलसीराम अधिकारी, सन्तोष बजगाई, सन्जु श्रेष्ठ, प्रमिला बस्नेत, सरिता काफले, नरेन्द्र सिंह ठकुरी, अर्चना घिसिङ, चन्द्रमाया नेपाली, तुलसी महता र दिनेश सापकोटा रहेको प्रमुख निर्वाचन अधिकृतले जानकारी गराएका छन् । वि.स.२०७३ सालमा गठन गरीएको खुद्रा व्यवसायसंघमा अहिले करीब ३ सय ५० बढि साधारण सदस्य रहेका छन ।