विगत लामो समय देखि अनुसन्धानका विभिन्न कार्याक्रमहरुमा सहभागी हुदै आएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज अवका दिनमा अनुसन्धानलाई आफ्नो तर्फबाट समेत संचालन गर्न सक्ने भएको छ । अनुसन्धानका विभिन्न आयामहरुलाई क्याम्पसले आत्मसात गर्दै क्याम्पस भित्रबाटै अनुसन्धानका विज्ञहरु उत्पादनका साथै अनुसन्धानका विभिन्न कार्यशालाहरु सम्पन्न गर्दै निदाई रहेको अनुसन्धानलाई ब्युझाउँने काम गरेको हो । विगतका वर्ष देखि महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पस स्तरीय अनुसन्धान व्यवस्थापन समिति मार्फत विभिन्न अनुसन्धानका क्रियाकलापहरु गर्दै आएको छ ।
विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा भर्खरै महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजले पाँच दिने अनुसन्धान सम्बन्धी कार्यशाला समेत सम्पन्न गरेको छ ।आयोजित कार्यशालाको समापनका अवसरमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका प्रमुख डाक्टर लालमणी आर्चायले पछिल्ला वर्षमा क्याम्पसले त्रिभुवन विश्वविद्यालयका अनुसन्धानसँग सम्बन्धित कार्यक्रमहरुलाई क्याम्पस स्तरबाट संचालनमा ल्याएको हुदाँ निदाएको क्याम्पसको अनुसन्धानका क्रियाकलापलाई जगाउने काम गरेको बताए ।क्याम्पस प्रमुख डाक्टर आर्चायले भने,“अनुसन्धानका कार्याशाला तथा तालिमहरुले प्राध्यापकहरुमा अझै निखारता ल्याउने भएको हुदाँ यस्ता कार्यक्रमलाई विषेश प्राथमिकतामा राख्दै क्याम्पस स्तरमै आयोजना गर्ने गरेका छौ ,जसले यहाँका प्राध्यापकहरुले आफ्नो क्षमतालाई प्रस्तुत गर्ने अवसर समेत मिलेको छ ।”

यसैगरी प्रगतिशिल प्राध्यापक संघ केन्द्रिय समितिका अध्यक्ष प्राध्यापक डाक्टर वेदराज केसीले विश्वविद्यालय अनुदान आयोगले अनुसन्धानका लागि करीब २३ करोड बजेट छुट्उने गरेको र अनुसन्धानका करीब २ देखि ५० लाख सम्मको अनुदान दिने भएको हुदाँ त्यस तर्फ महेन्द्र बहुमुखी नेपालगंज लाग्नु पर्ने बताए ।कायाशालाको समापन कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज प्रध्यापक संघका सभापति राजेन्द्र कुमार श्रेष्ठ,प्रजातान्त्रिक प्राध्यापक संघ क्याम्पस इकाईका सभापति प्रकाश लामिछाने,नेपाल राष्ट्रिय प्राध्यापक संगठन क्याम्पस ईकाईका सभापति विष्णु केसी,सहायक क्याम्पस प्रमुख सुवास गौतम,क्याम्पस स्तरी अनुसन्धासन समितिका संयोजक डा.रमेश प्रसाद अधिकारी,प्रशिक्षक डा.चक्र बहादुर बम,सिटि कलेज अफ म्यानेजमेन्टका अशोक बस्नेत,नर्सिङ काम्पस नेपालगंजका सुनिता आचार्य लगायतले प्राध्यापकहरुको जिवनमा अनुसन्धानको महत्व निकै रहेको र यसले शिक्षण सिकाईमा सहयोग पु¥याउनुका साथै प्राध्यापकको बृद्धि विकासका लागि समेत महत्व रहने बताएका थिए भने कार्यशाला समापन कार्यक्रमको सहजीकरण मानविकी संकायका सहायक क्याम्पस प्रमुख भुवनेश्वर लामिछानेले गरेका थिए ।