त्रिभुवन विश्वविद्यालयको शिक्षण सिकाईलाई अनुसन्धानमा जोड्नु पर्ने भएको छ । बाँकेको नेपालगंजमा आयोजित अनुसन्धान विधिको तालिमको क्रममा सम्बोधनमा विशेषगरी त्रिभुवन विश्वविद्यालयको शिक्षण सिकाई बोर्डमार्करमा मात्रै सिमित हुदाँ विश्वमा प्रतिस्पर्धा गर्न नसकेको हुदाँ विश्वविद्यालयको शिक्षण सिकाईलाई अनुसन्धान विधिमा समेत जोड्नु पर्ने बताएका हुन ।
नेपालगंजमा आयोजना गरीएको अनुसन्धान सम्बन्धी पाँच दिने तालिममा आएका त्रिभुवन विश्वविद्यालय अंग्रजी विभागका प्रमुख प्रा.डा.जिवलाल सापकोटाले विश्व प्रतिस्प्रधामा त्रिभुवन विश्वविद्यालयलाई लैजानका लागि बोर्डमार्करसँगै अनुसन्धानका विधिहरुलाई समेत शिक्षण सिकाईमा प्रवेश गराउनु पर्ने बताए ।प्रा.डा.सापकोटाले भने,“पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षण सिकाईहरुमा अनुसन्धान विधिलाई समेत महत्वका साथ हेरेको र यसमा लगानी समेत गरेको पाइन्छ ।” उनले भने,“त्रिभुवन विश्वविद्यालयको शैक्षिक गतिविधिमा संलग्न हुदै आउनु भएका प्राध्यापकहरुले पढ्ने ,पढाउने सँगै अनुसन्धान र लेखाई गर्नु पर्दछ ।”
महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको आयोजना तथा विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा संचालित तालिमलाई उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा.विनोद ढकालले त्रिभुवन विश्वविद्यालयले विद्यावारधीका लागि लाखौको खर्च गरेता पनि त्यसको कुनै लेखा जोखा नराख्दा समस्या भएको बताए । उपकुलपति प्रा.डा.ढकालले भने,“त्रि.वि.धेरै भन्दा धेरैलाई उपाधिका लागि मात्रै खर्च गरेको देखिन्छ,डाक्टर उपाधिका लागि अनुदान त दिन्छ तर त्यसपछि कुनै चासो दिएको पाइदैन ” ।
प्राविधिक दक्षता बढाउने उदेश्यले बाँकेमा आयोजना गरीएको कार्यक्रमलाई सम्बोधन गर्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका क्याम्पस प्रमुख डा.लालमणि आर्चायले अनुसन्धानले देशको शैक्षिक निति निर्माण तथा प्राध्यापक पेशामा लागेका व्यक्तिले प्राध्यापकको गरीमा राख्नका लागि समेत अनुसन्धानमा दखल राख्नु पर्ने बताए । प्रमुख आर्चायले विश्वविद्यालयले अनुसन्धानका लागि बजेट समेत छुट्उने गरेको हुदाँ त्यसको लाभ प्रत्येक प्राध्यापकहरुले उठाउन सक्नु पर्ने बताए ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजसँगै बाँकेका रहेका अन्य क्याम्पसहरुका प्राध्यापकहरुको सहभागितमा संचालित तालिमको उद्घाटन सत्रको सहजीकरण मानविकी संकायका सहयाक क्याम्पस प्रमुख भुवनेश्वर लामिछानेले गरेको थिए ।क्याम्पस सहायक प्रमुख सुवास गौतमले स्वागत गरेको उद्घाटन सत्रमा नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रिय अध्यक्ष प्रा.डा वेद राज केसी,प्राध्यापक संघ क्याम्पस इकाई समितिका सभापति राजेन्द्र श्रेष्ठ,नेपाल प्रगतिशिल प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष गिरीराज पौडेल,नेपाल राष्ट्रिय प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका का अध्यक्ष विष्णु केसी , लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।कर्मचारी संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज इकाई समितिका अध्यक्ष रेशमलाल आर्चाय, महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष माधव खत्री,क्याम्पसका विषय विभागका प्रमुख लगायतको उपस्थिति रहेको कार्यक्रममा क्याम्पस अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष डा.रमेश प्रसाद अधिकारीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।शुक्रबारबाट संचालित पाँच दिने तालिममा प्राध्यापक प्रा.डा जिवलाल सापकोटा,डा.चक्र बहादुर बम,डा. अधिकारी,डाक्टर कविल खनाल,डा.इन्द्र बहादुर भण्डारीले प्रशिक्षण दिने छन ।
