spot_img
Sunday, June 4, 2023
Homeबजारकोहलपुर नगर प्रमुखलाई ध्यानाकर्षण

कोहलपुर नगर प्रमुखलाई ध्यानाकर्षण

spot_img

बाँके कोहलपुरका व्यवसायिक हकहित संरक्षण समितिले घरभाडा छुट लगायको माग राख्दै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आर्चायलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ र सचिव तिलक सिंह कार्कीको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्रमा कोहलपुर घरभाडा छुट लगायतको माग राखेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । दुई वर्ष अघिको कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासयी भएको भन्दै नगर विकास समितिको स्वामित्वमा रहि बहालमा लगाइएका घर सटरहरुको सम्झौतामा कवुल गरिएको भाडामा कम्तिमा १५ देखि २० प्रतिशतसम्म छुट गर्न आग्रह गरिएको संयोजक श्रेष्ठले बताए। ‘नगर विकास समिति तथा स्थानीय सरकार जनताको अभिभावक भएकाले यही कुरालाई मनन् गरेर नगर विकास समितिको स्वामित्वमा रहेका सम्झौता कवुल गरिएका घर सटरमा कम्तिमा पनि १५ देखि २० प्रतिशत छुट हुनु पर्छ भन्ने हाम्रो माग हो ”उनले भने–‘अवस्था सुधार भएपछि सम्झौता अनुसार घर सटर भाडा दिन हामीलाई कुनै गाह्रो छैन ।’ उनले अहिले व्यवसायीहरु धमाधम सटर वन्द गरेर पलायन हुने अवस्था आएको समेत दुखेसो पोख्दै मापदण्ड बनाएर निजी घरको अगाडि जस्ता पाता (पाली) राख्न दिन पनि नगरपालिकासँग आग्रह गरे। “नगर विकास समिति क्षेत्र भित्र रहेका निजि घरहरुको अगाडि भागमा लगाइएका जस्ता पाता (पाली)भत्काइएको छ । जसका कारण गर्मी तथा बर्षायाममा बस्न नसकिने र बाटो हिड्ने बटुवाहरुलाई पनि सहजताको लागि र सामान, लत्ताकपडा, घामले खुइलिएर नोक्सान हुने भएकाले कम्तिमा नगर विकास समितिले मापदण्ड बनाएर जस्ता पाता प्रयोग गर्न दिनु पर्छ’ संयोजक श्रेष्ठले भने । त्यसक्रममा नगर प्रमुख आचार्यले आफुले नगरको समग्र विकासका निमित्त काम गरिरहेको भन्दै मागप्रति सकारात्मक रहेको बताए। उनले सबै पक्षबीच छलफल र परामर्श गरेर अघि बढ्ने विश्वास दिलाए । ध्यानाकर्षण पत्र बुझाउने कार्याक्रममा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य चक्र अधिकारी, समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ, सह–संयोजक विष्णु प्रसाद खनाल, सचिव तिलक सिंह कार्की, समितिका सदस्य शेषकान्त शर्मालगायत उपस्थिति रहेको थियो । व्यवसायिक हकहित संरक्षण समितिले पछिल्लो समय बैंकको ब्याजदर घटाउनु पर्ने माग समेत राखेर दवावमुलक कार्यक्रम गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here