कारागार कार्यालय बाँकेमा रहेका कैदीबन्दीहरुले ५० बढि पुस्तकहरु पढ्ने भएको छन ।नेपाली लेखक संघ बाँके साखाले कारागार कार्यालय बाँकेमा रहेका कैदीबन्दीहरुका लागि विभिन्न पुस्तकहरु वितरण गरेको हो ।शनिबार नेपालगंजमा एक कार्याक्रमको आयोजना गरी नेपाली लेखक संघ बाँकेले कारागार कार्यालय बाँकेका नायव सुब्बा विष्णु भण्डारी मार्फत कैदीबन्दीहरुको अध्ययनका लागि भनेर विभिन्न प्रकारका पुस्तकहरु संघले हस्तान्तरण गरेको हो ।
कार्याक्रममा बोल्दै बरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका केन्द्रिय सल्लाहकार सनत रेग्मीले पछिल्लो समय पुस्तक पढ्ने चलनमा क्रमिक रुपमा कमि आएकोमा चिन्ता व्यक्त गर्दै कैन्दीबन्दीहरुलाई पुस्तक वितरण कार्यले किताव पढ्ने बानीको विकास हुने बताए ।यसैगरी नेपाली लेखक संघ केन्द्रीय सदस्य ऋचा लुइटेलले पुस्तक पढ्ने तथा माया गर्ने बानीमा क्रमिक रुपमा विकास गर्नु पर्ने पछिल्लो आवश्यकता भएको बताईन ।कार्यक्रममा बोल्दै नेपाल रेडक्रसका पुर्व केन्द्रिय अध्यक्ष अजित कुमार शर्माले पुस्तक हस्तान्तरणसँगै लेखक विकासमा समेत जोड दिनु पर्ने बताए ।
राष्ट्रिय लेखक दिवसको अवसरमा पुस्तक हस्तान्तरणसँगै बाँके कोहलपुरका एक लेखकलाई सम्मानित गरीएको छ ।कोहलपुर निवासी लेखक गोविन्द प्रसाद ढकाल(उपमन्यु)लाई लामो समयदेखि शिक्षा तथा साहित्य क्षेत्रमा अनवरत सेवा पु¥याएको हुदाँ संघले ढकाललाई सम्मानित गरेको संघ बाँके साखा कोषाध्यक्ष उमा ग्राण्डनले जानकारी गराईन ।
कार्यक्रममा विभिन्न साहित्यकारहरुले लघुकथा वाचन समेत प्रस्तुत गरेका थिए ।विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष लेक प्रसाद प्याकुरेल,वरिष्ठ साहित्यकार किरण आर्चाय,साहित्यककार कोपिला संग्रोला(अधिकारी),बाँके हुलाक कार्यालयका प्रमुख गोविन्द पाण्डे,पत्रकार सावित्री गिरी लगायतले लघुकथा वचान गरेका थिए ।
नेपाली लेखक संघको स्थापना दिवसको अवसर पारेर गरीएको उक्त कार्यक्रममा स्वागत मन्तव्य लेखक संघ बाँके साखाका उपाध्यक्ष मधु पौडेलले गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका सचिव मणि गैरेले गरेको थिए ।कार्यक्रममा प्रगति शिल लेखकसंघ लुम्बिनीप्रदेश अध्यक्ष पङकज श्रेष्ठ,महेन्द्र पुस्ताकालय अध्यक्ष बलराम यादव,महेन्द्र पुस्तकालय सदस्य कृष्णमुरारी प्रसाद भट्ट,अस्मिता शाह महतरा,व्यवसायीक अगुवा ललित कुमार रौनियार,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि यम बहादुर रावत लगायतको उपस्थिति रहेको थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00