बाँकेको नेपालगंजमा राष्ट्रिय लेखक दिवस भव्यताका साथ सम्पन्न भएको छ । नेपालगंजको महेन्द्र पुस्तकालयमा शनिबार आयोजित लेखक दिवसमा विभिन्न कार्याक्रम गरी सम्पन्न भएको हो ।लेखक संघ बाँके साखा अध्यक्ष अन्जु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्याक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथा लेखक संघ केन्द्रिय समितिका सल्लाहकार सनत रेग्मी रहेका थिए ।कार्यक्रममा राष्ट्रिय संघ केन्द्रिय सदस्य साहित्यकार ऋचा लुइटेलले लेखक संघ स्थापनाको बारेमा स्पष्ट पारेकी थिइन । संघका उपाध्यक्ष तथा पत्रकार मधु पौडेलद्धारा स्वागत मन्तव्य दिइएको कार्याक्रममा ५० बढि विभिन्न पुस्तकहरु बाँके कारागारका कैदीबन्दीहरुका लागी हस्तान्तरण गरीएको थियो ।यस्तै कार्याक्रममा कोहलपुरका लेखक तथा साहित्यकार गोविन्द ढकाल(उपमन्यु)लाई दिवसको अवसर पारेर सम्मानित गरीएको संघकी कोषाध्यक्ष उमा ग्राण्डनले बताईन ।कार्यक्रममा विभिन्न साहित्यकारहरुले लघुकथा वाचन समेत गरेका थिए । विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष लेक प्रसाद प्याकुरेल,वरिष्ठ साहित्यकार किरण आर्चाय,साहित्यककार कोपिला संग्रोला(अधिकारी),बाँके हुलाक कार्यालयका प्रमुख गोविन्द पाण्डे,लेखक संघ बाँके कार्यसमिति सदस्य सावित्री गिरी लगायतले लघुकथा वचान गरेका थिए । संघका सचिव मणि गैरेले सहजीकरण गरेको कार्यक्रममाप्रगति शिल लेखकसंघ लुम्बिनीप्रदेश अध्यक्ष पङकज श्रेष्ठ,रेडक्रस सोसाइटीका पुर्व केन्द्रिय अध्यक्ष अजित कुमार शर्मा,महेन्द्र पुस्ताकालय अध्यक्ष बलराम यादव,महेन्द्र पुस्तकालय सदस्य कृष्णमुरारी प्रसाद भट्ट,अस्मिता शाह महतरा,व्यवसायीक अगुवा ललित कुमार रौनियार,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि यम बहादुर रावत लगायतको उपस्थिति रहेको थियो ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00