पुर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंगशाह(एमबीई) लाई बाँके जिल्ला फुटबल संघले सम्मान गरेको छ ।
शुक्रबार नेपालगन्जमाअखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्यभोजराजशाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमलखत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रबिन्द्र श्रेष्ठ लगायतले शाहलाई सम्मान गरेकाथिए ।उत्कृष्ट काम गरेका कारण शाह बेलायतीमहारानीबाट सम्मानित समेत भएका थिए । नेपालगन्जबाट फुटबल करियर सुरु गरेकाशाहले २०५४ सालमा नेपालको यु–१६ फुटबल टिम, नेपालगन्ज–११ टिम र अन्यविभिन्न क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । शाहअहिले बिट्रिस आर्मीमा क्याप्टेनका रुपमाकार्यरत छन् । शाहले भारतको बहराइचमाभएको स्टेट स्तरको फुटबल प्रतियोगितामा निर्णायकगोल गर्दै नेपालगन्ज–११ लाई उपाधि दिलाएका थिए । नेपालगन्जउप–महानगरपालिका–०४ देवाफुलबारीका शाहले सन् २००१ मा भएको तत्कालिन राजाविरेन्द्रको शुभजन्मोत्सवमा हुने बर्डे कपमा नेपालगन्ज–११ को तर्फबाट जावलाखेल फुटबल क्लबलाई हराएर क्वारटरफाइनलमापुग्दा निर्णायकगोल गरेकाथिए । नेपालगन्जलाई आधादर्जन महत्वपुर्ण प्रतियोगितामा सफलतादिलाउने खेलाडीमा पर्छन् शाह । फुटबल करियरमाबाँके जिल्लाको प्रतिष्ठालाई बढाउने काम गरेकोले यस क्षेत्रकालागिविवेक प्रतिष्ठित व्यक्तिभएकोएन्फा केन्द्रिय सदस्य भोजराज शाहीले बताए । उनले भने,‘विवेक बाँके जिल्लाको फुटबल इतिहासमा एउटा उदाहरणीय खेलाडी हुन् । उनले बेलायतमा गएर पनि आफनो देश र जिल्लालाई गर्व हुने सफलताहासिल गरेका छन् । एउटा खेलाडीले यो स्तरमा सफलताप्राप्तगर्नु फुटबल परिवारकानिम्तिगर्वको विषय हो ।’ शुक्रबार बाँके जिल्ला फुटबल संघका पदाधिकारी र पुर्व राष्ट्रिय खेलाडी शाहकाबिचबाँकेको फुटबल विकास गर्ने बारेमा छलफल भएको छ ।नेपालगन्जमाआउँदा फुटबल संघका पदाधिकारीहरुसँग भेट्न पाउँदा खुसी लागेको शाहले बताए । उनले भने,‘यो न्यानो आतिथ्य र सम्मानका लागि बाँके जिल्ला फुटबल संघलाई धन्यवाददिन चाहन्छु । फुटबल मलाई मन पर्ने खेल हो । यसको विकासकालागि म सक्दो सहयोग गर्छु । विशेष गरी नयाँबाल बालिकालाई फुटबल खेल्न प्रेरित गर्नु पर्छ । यस्तो अभियानमा संघले योजनाबनाएको कुरा थाहापाउँदा खुसी लाग्यो । फुटबलको विकासमा सबैको सहकार्य र समन्वयआवश्यक छ ।’बाँके जिल्ला फुटबल संघले चौथो नेपालगन्जगोल्ड कप र बालबालिकाहरुको लागिग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम संचालनगर्ने तयारी गरिरहेको छ । त्यसमा शाहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्मान कार्यक्रममा ब्रिटिस आर्मी समिर मल्ल, बाँके जिल्ला फुटबल संघका सदस्य ईश्वर चन्दको पनिउपस्थिती रहेको थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00