मध्येपश्चिमको एकमात्र कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र ब्रिनोज बाँकेले आफ्नो १३औ बार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । सामुदायिक केन्द्र ब्रिनोजका व्यवस्थापन समितिका अध्यक्ष विमल कुमार टण्डनको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथिमा नेपालगंजमा उपमहानगरपालिका उपप्रमुख कम्रुद्धिन राई रहेका थिए ।केन्द्र व्यवस्थापन समितिका सदस्य प्रदिप कुमार साहुले संचालन गरेको कार्याक्रममा नेपालगंज उपमहानगरपालिका न्यायिक समितिका सदस्य बसन्त कुमार कनोजिया,बरिष्ठ अधिवक्ता भोला सिंह हमाल,बाँके गैरसरकारी संस्थाका अध्यक्ष चन्द्र प्रकाश तिमिल्सेना,वरिष्ठ अभिवक्त प्रलाद बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य सदस्य अविनाश थारुले गरेका थिए ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00