बाँके जिल्ला नेपालगंज स्थित सनराइ्ज बैक लिमिटेडका ग्राहकले थोपा प्रयोगशालमा सेवा लिए बापत तिर्नु पर्ने शुल्कमा विशेष छुट पाउने भएको छन । बैकका ग्राहकलाई छुट दिने विषयमा बैक र थोपा प्रयोगशालाबीच सम्झौता भएको हो । विहिबार एक विषेश कार्याक्रममा विच सम्झौता गर्दै सनराइज बैकमा खाता खोली बैकिङ कारोबार गरिरहेका सम्पुर्ण ग्राहकले थोपा प्रयोगशाला नेपालगंजमा सम्पुर्ण प्रयोगशाला जाँचमा २० प्रतिशत छुट पाउने प्रायोगशालाले जानकारी दिएका छ । व्यक्तिगत र चिकित्सकको सुझावअनुसार गरिने प्रयोशाला परीक्षण सेवामा बैंकका ग्राहकलाई थोपा प्रयोगशालाले २० प्रतिशत छुट दिने यसका सञ्चालक सुलभ आचार्यले जानकारी दिए । सम्झौतामा बैंकका ब्राच म्यानेजर हरिहर सुवेदी र थोपा प्रयोगशालाका सञ्चालक आचार्यले हस्ताक्षर गरीएको हो । सम्झौता अन्तर्गत सनराइज बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर लगायत प्रयोग गर्ने ग्राहकहरुले छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00