नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत आयोजितफोटो प्रतिस्पर्धामा पठाइएका फोटोहरुको छनोट कार्य अन्तिम चरणमा पुगेको छ ।
‘केहिदिनमाउत्कृष्ट फोटोहरु घोषणा गछौं’– निर्णायक समितिका संयोजक विकास कार्कीले भने,‘नेपालगन्जफोटो फेस्टिवलमा यसपटक धेरै उत्कृष्ट फोटोहरु आएका छन ।’
लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका फोटो मात्रै प्रतिस्पर्धामा लिने गरेको नेपालगन्जफोटो फेस्टिवलले यस वर्ष देशैभरबाट फोटो आह्वान गरेको हो ।
देशभरका १ सय ५१ उत्कृष्ट फोटोहरुको प्रदर्शनी भने आगामी बैशाख ८ र ९ गते नेपालगन्जमा हुने भएको छ । यस अघि चैत २१ र २२ गते प्रर्दशनी गर्ने भनिएकोमा एसइई परिक्षाका कारण बैशाखमा सारिएको हो ।
यसैगरी बाँके जिल्लाका ८ वटै पालिकाकाधार्मिक पर्यटकीय स्थल, भेषभुषा, कला संस्कृति, मौलिक परिकार, जीवनशैली झल्किने ‘१ से १ तस्विरमा बाँके’ फोटो प्रदर्शनीकालागि आएकाफोटोहरुको पनि छनोेट भइरहेको छ । यसमा १ सय १ फोटो छनोट गरेर प्रदर्शनीमा राखिनेछ । अन्तराल र नेपालगन्जज्यालेरीको सहकार्यमा गरिने उक्तप्रदर्शनीका लागियुवा पुस्ताहरुले व्यापक सहभागिता जनाएको ग्यालरीका संस्थापक समीरमान श्रेष्ठले बताए । फेस्टिवलकै अवसर पारेर गरिने ‘उहिलेको नेपाल’फोटो प्रदर्शनीमा वर्षौ अगाडी खिचिएकाफोटोहरु समावेश हुनेछन् । यसैगरी सोहीअवसरमा नेपालफोटोग्राफी समिट आयोजना हुनेछ । जसमा सबै पुस्ताका नेपाली फोटो पत्रकारहरु र हरेक विधाका फोटोग्राफरहरु सहभागिहुनेछन् । देशैभरबाट १ सय १ जनाको सहभागिता रहनेछ । फेस्टिवलकै अवसरमा ३ दिने फोटो पत्रकारिता तालिम आयोजनाहुनेछ, जसमा ५० जना सहभागिहुने आयोजकले जनाएको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00