spot_img
Sunday, June 4, 2023
Homeब्यानरसांगठनिक प्रतिवेदन सहित बाँके कांग्रेस क्षेत्र नं.२ को सम्मेलन सम्पन्न

सांगठनिक प्रतिवेदन सहित बाँके कांग्रेस क्षेत्र नं.२ को सम्मेलन सम्पन्न

spot_img

सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ को क्षेत्रिय सम्मेलन शुक्रबार नेपाली कांग्रेस बाँकेको पार्टि कार्यलयमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनको सभापति क्षेत्रिय सभापति रमेश गुप्ता रहेका थिए ।कार्यक्रममा केन्द्रिय सदस्य वाल्मिकीले संगठनलाई क्षेत्र देखि वडा सम्मका नेपाली कांग्रेसले गरेका इहिहासिक क्रियाकलापहरुलाई प्रवाह गर्नु पर्ने बताए ।कार्यक्रममा प्रदेश “क”को राजनिति तथा आर्थिक प्रतिवेदन प्रस्तुत प्रदेश सभापति ज्ञानेन्द्र बहादुर चौधरीले गरेका थिए ।यसैगरी प्रदेश सभा “क” र “ख” सहआयोजकका रुपमा रहेकोमा प्रदेश “ख”को राजनिति तथा आर्थिक प्रतिवेदन प्रदेश सचिव गोकर्ण शाहीले गरेका थिए ।यसैगरी मुख्य आयोजकको रुपमा रहेको क्षेत्र नं.२ का क्षेत्रिय सभापति प्रदिप कुमार साहले गरेका थिए ।कार्यक्रममा महासमिति सदस्य तथा बाँके कांग्रेस निर्वतमान सभापति किरण कोइराला,बाँके कांग्रेस पुर्व जिल्ला सभापति तथा पुर्व उद्योग मन्त्री गजेन्द्र हमाल,पुर्व पार्टि सभापति कृष्णमान श्रेष्ठ,महाधिवेशन प्रतिनिधिको तर्फबाट कांग्रेस नेता अजित कुमार शर्मा लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रममा भर्खरै सर्वसम्मत निर्वाचित भएका प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके जिल्ला कार्यसमिति तथा नेपालगंज उपमहानगरपालिका नगर स्तरीय नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरीएको थियो ।यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके उपाध्यक्ष उमा ग्राण्डनलाई उद्योग तथा व्यापार समन्वय साखा संयोजकको जिम्मेवारी समेत प्रदान गरीएको छ ।ग्राण्डन नेपाली कांग्रेस क्षेत्र नं.२ क्षेत्रिय सदस्य समेत हुन ।
बाँके कांग्रेस प्रदेश “ख”का सभापति जितेन्द्र बहादुर हमालले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटिका सदस्य कृष्णा सापकोटा चौधरी,परमेश्वरी पाठक, महाधिवेशन प्रतिनिधिहरु,महासमिति सदस्यहरु,नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्यहरु एवं क्षेत्रिय प्रतिनिधिहरुको सहभागिता रहेको क्षेत्रिय सचिव सुनिल सिंह हमालले जानकारी दिए । लुम्बिनी प्रदेश सभासद माया पुनः,सञ्जु चौधरी लगायतको समेत उपस्थित रहेको कार्यक्रममा विभिन्न सहयोग हातहरुले कार्यक्रमलाई सम्पन्न गर्नका लागि सहयोग गरेको थिए ।कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का बुध सभापति रामु चिडिमार,नेता सुरेश श्रेष्ठ तथा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका वरिष्ठ उपाध्यक्ष धुव्र दाहालले सहभागितका तर्फबाट आफ्ना कुराहरु राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here