नेपाल कांग्रेस बाँकेले यही चैत्र १८ गते नेपालगंजमा कांग्रेसको प्रथम जिल्ला सम्मेलनका सम्पुर्ण तयारी पुरा भएको बताएको छ ।नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री तथा युवा नेता गगन कुमार थापाको प्रमुख आतिथ्यमा गर्न लागिएको जिल्ला सम्मेलनका सम्पुर्ण तयारी पुरा भएको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको हो । आफ्नो कार्यक्रमको बारेमा विहिबार बाँके कांग्रेसको पार्टि कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नारायण गौडेलले बताएका हुन । सुर्खेतरोडमा रहेको सिद्धार्थ कटेजमा शनिबार विहान ठिक ११ बजेबाट सुरु हुने सम्मेलनमा जिल्लाबाट १हजार ६ सय प्रतिनिधिहरु सहभागि हुने भएका छन । सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीतितथाकार्यक्रमको प्रस्तुतिकरणसंगै प्रजातन्त्र सेनानीहरु, पूर्व पार्टी सभापतिहरु, उत्कृष्ट वडा सभापतिहरु, महिला वडा सभापतिहरु, सहिद परिवार तथाजनआन्दोलन र द्वन्दका घाइतेहरुलाई सम्मानगर्ने कार्यक्रमरहेको छ । नेपालीकांग्रेसको विधान र नेपालीकांग्रेस जिल्लाकार्यसमितिबाँकेको निर्णयअनुसार जिल्लाभित्र रहेका वडा र प्रतिनिधिसभा क्षेत्रले बर्षको २ पटक तथापालिका,प्रदेश रजिल्लाले बार्षिकरुपमा १ पटक सम्मेलन गर्नुपर्ने व्यवस्थाभए बमोजिम जिल्लाले बार्षिक सम्मेलनगर्न लागेको बाँके कांग्रेसले जनाएको छ । जिल्ला सचिव सुधान्सु कोइरालाले संचालन गरेको कार्यक्रममा पार्टि उपसभापतिद्धय गोपाल अधिकारी,कृष्ण कार्कि,,सचिव विनोद चौधरी ,कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत ,सदस्य उमा थापामगर लगायतको उपस्थिति रहेको थियो ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00