spot_img
Tuesday, June 6, 2023
Homeब्यानरपत्रकार र पत्रकारीताको विषयमा चिन्तित बाँकेका पत्रकार

पत्रकार र पत्रकारीताको विषयमा चिन्तित बाँकेका पत्रकार

spot_img

पत्रकारको मुद्धामा एक हुन नसक्दा पत्रकारीता पेशा नै समस्यामा परेको उपस्थित पत्रकारहरुले बताएका छन ।नेपाल पत्रकार महासंघको ६८औ स्थापना दिवस पारेको बाँकको नेपालगंजमा आयोजित पत्रकारीतामा“नायँ माध्यम”का अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित पत्रकारहरुले सो विषय बताएका हुन । नेपाल पत्रकार महासंघ बाँकेका उपसभापति संगिन शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरेले पत्रकार महासंघलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुराको केन्द्रबाट बाहिर जादा सबै स्थानमा समस्या आएको बताए । केन्द्रिय सदस्य गैरेले भने,“हामीले हरेक विषयलाई सम्बोधन गर्दै गर्दा पत्रकार महासंघको भुमिका र गरिमाका बारेमा चुक्यौ कि भन्ने पनि हो,” ।चुनौति र समस्याहरु आउँदै गर्दा पत्रकार महासंघको भुमिकाका विषयमा समेत प्रश्न उठ्न सक्ने अवस्था भएको केन्द्रिय सदस्य गैरेले बताए ।
यसैगरी नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रुद्ध सुवेदीले पछिल्लो समय पत्रकारका मुद्धाहरु छरीएर रहदाँ पत्रकारका समस्याहरुमा कसैको पनि ध्यान जान नसेको बताए । पुर्व अध्यक्ष सुवेदीले मिडिया सर्वसाधारणको पहुच भन्दा निकै टाढा हुदै जदाँ पत्रकार भन्दा आम नागरीकले चलाउँदै आएका सामाजिक संजालहरुको प्रयोगमा बढि ध्यान तथा विश्वास गर्ने गरेकोमा दुख व्यक्त गरे ।पुर्व अध्यक्ष सुवेदीले भने,“पत्रकारीताको आचारसंहिता नमान्दा पत्रकार समस्यामा पर्ने गरेको छन,यो कुरा सबैले बुझ्न जरुरी छ ” । यसैगरी नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष निरज गौतमले अहिले विभिन्न नाममा मिडियाहरु संचालनमा आएका छन जुन निकै राम्रो छ तर यसलाई कानुनी रुपमा संचालन गर्नु पर्ने बताए ।पुर्व अध्यक्ष गौतमले भने,“मिडियालाई कानुनी रुपमा संचालन गरौ,कुनै समस्या आउँदैन ”। यसैगरी नेपाल पे्रस युनियन प्रदेश महासचिव नविन गिरीले नेपालको पत्रकारीता चाकडी पत्रकारीतामा गएको हुदाँ यसलाई नितान्त परिवर्तनको आवश्यकता रहेको बताए ।महासचिव गिरीले नयाँ मिडियाको भुमिकाको बारेमा बताउँदै भने,“परम्परागत मिडियाले जनताको विश्वास जित्न नसक्दा त्यसले बसाई सरेको मैले अनुभुति गरेको छु ।” महासचिव गिरीले थपे,“सामाजिक संजाल नै आम नागरीकको विश्वासको मिडिया भएको अवस्था छ ” ।पत्रकार महासंघका सचिव कमल डांगीले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सल्लाकार नरेन्द्र थापा,नेपाल प्रेस युनियन बाँके अध्यक्ष अर्जुन वली,प्रेस चौतारी नेपालबाँके अध्यक्ष दुर्गा रोकाय,प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।स्थापना दिवसमा निरन्तर रुपमा केक काट्ने परम्परालाई समेत निरन्तरता दिएको सचिव डांगीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here