spot_img
Sunday, June 4, 2023
Homeब्यानरदादागिरी तवरले पुरनले गरे तालाबन्दी

दादागिरी तवरले पुरनले गरे तालाबन्दी

spot_img

नेपालगन्ज/ नेपालगन्ज फुलटेक्रा स्थित बिन्रोज कान स्वास्थ्य स्याहार केन्द्रका पूर्व प्रमुख पुरन थारुले दादागिरी तवरले केन्द्र तालाबन्दी गरेको छन् । केन्द्रले थारुलाई असक्षम ठह¥याउँदै जागिरबाट निकालेपछि त्यसको आवेसमा आएर थारुले केन्द्रमा तालाबन्दी गरेका हुन् । थारुले तालाबन्दी गर्दा केन्द्रमा सयौ बिरामी स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।

यता केन्द्रले थारुलाई जागिरबाट निकाल्ने गरेको निर्णय उपर चित्त नबुझेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा थारुले निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि जिल्ला प्रशासन कार्यालयकै खिल्ली उडाउने तवरले स्व निर्णय गर्दै उनले तालाबन्दी गरी दिएका हुन् ।

थारु माथि केन्द्रलाई हानिहुने गरेर आर्थिक क्रियाकलाप संचालन गरेपछि केन्द्रले त्यसलाई सच्याउन पटक–पटक ताकेता गरेता पनि थारू नसुध्रिएपछि केन्द्रले उनलाई जागिरबाट निकालेको जानकारी हुन आएको छ। थारुले केन्द्रमा आउने विरामीलाई आर्थिक लाभ हुने गरी आफ्नो नाममा दर्ता रहेको विन्रोज फार्मेसीबाट औषधी विक्रीवितरण गर्ने, कान सम्बन्धीका उपकरणहरुको खरिदबिक्री गर्नेे, आफ्ना मातहतका कर्मचारीहरुले त्यसो नगर्न सुझाव दिएता पनि कर्मचारी उपर अभद्र व्यवहार गर्ने, केन्द्र स्थापनाका बखत आफ््ना नातेदार भर्ना गर्ने लगायतको आरोप रहेको छ । थारुले विन्रोज फार्मेसी आफ्नै नाममा दर्ता गरी संचालनमा ल्याएको थाहा हुन आएपछि केन्द्रले अस्पतालको नाममा फार्मेसीलाई ल्याएको छ । तर यसअघि पुरनले भने अस्पतालको नाम देखाएर आफै औषधी खरिद गर्ने अनि केन्द्रमा आएका विरामीलाई सो औषधी विक्री गर्ने गरेका थिए । सो कुरा थाहा पाएपछि उनी विरुद्ध अख्तियार कार्यालयमा भ्रष्टाचारको मुद्दा दायरा भएको छ ।

पुरन थारुले अनियमितता गरेपछि अयोग्य ठहर्‍याउँदै उनलाई जागिरबाट निकालिएको हो । थारुले केन्द्र स्थापनाकालदेखि नै अनियमितता गरेको खुलेको छ । थारुले केन्द्र स्थापना हुँदा आफ्नो नाममा फार्मेसी दर्ता गरेको, केन्द्रमा आउने बिरामीबाट आफूखुसी रकम असुल्ने गरेको खुलेको छ ।

यसै विषयमा अस्पतालमा कार्यरत लेखापाल चेतनारायण चौधरी पुरन थारुले गरेको अनिमियताको बारेमा त्यसो नगर्न सुझाव दिँदा आफुलाई गाल गलौज गर्ने गरेको सुनाए । लेखापाल चौधरीका अनुसार पुरनले अस्पतालमा आउने बिरामीलाई आफ्नै कार्यकक्षबाट कान सम्बन्धीका उपकरण बिक्री गर्ने गरेको बताए । उनले निस्वार्थ रुपमा सेवा दिने ठाउँमा व्यापार गर्न नहुने बताए । त्यस्तै चौधरीले संस्था नेपाल सरकारको नियम अनुसार दर्ता रहेको बताए । यता पुरनले भने संस्था दर्ता नवीकरण नभएको भन्दै जिल्ला प्रशासन कार्यायमा उजुरी दिएका थिए । लेखापाल चौधरीका अनुसार पुरनको मुद्दा अख्यिार दुरुपयोग अनुसन्धान कार्यालयमा गएकाले संस्था नवीकरण र आन्तरिक राजस्व कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिन समस्या भइरहेको बताए । पुरनकै कारण संस्थाले गर्नु पर्ने अत्यावश्यक काम पनि गर्न नपाइएको सुनाए । उनले भने‘पुरन सर नै यहाँको प्रबन्धक एवम् कार्यसमितिका प्रत्येक गतिविधिमा उहाँकै हस्ताक्षर चल्थ्यो । तर अहिले आर्थिक लाभ नहुने देखिएपछि उहाँले अनावश्यक संस्थालाई बदनाम गर्नु भएको हो ।’ पुरनविरुद्ध कार्यसमिति मात्र नभई स्वयम् पुरनले भर्ना गरेका कर्मचारीसमेत उनीविरुद्ध रुष्ट भएको चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here