बाँकेको खजुरामा शनिबार सम्पन्न प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको विस्तारीत बैठकले व्यवसायी ललितकुमार रौनियारलाई आगमी नेपालगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अघि सारेको छ ।व्यवसायीहरुका विच निकै लोकप्रिय रहेका रौनियारलाई अध्यक्षको रुपमा अगाडि सार्दै बैठकले अन्य पदाधिकारीका लागि भने अझै कुनै निर्णय नगरेको बताएको छ ।यही विषयमा बोल्दै संघका अध्यक्ष संजय थापाले भने,“अध्यक्षको हामीले अहिले नै टुंगो लगाई सकेको छौ,साथीहरुको माग समेत यही आइरहेको थियो” । उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष बाहेकका अन्य पदहरुमा अन्य राजनितिक पार्टिहरुसँग समिकरण मिलाएर जाने कि एक्लै जाने भन्ने निर्णण नभै सकेको हुदाँ त्यो विषयलाई केही नगरेको अध्यक्ष थापाले बताए ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00