व्यवसायीक समस्याहरुलाई निति तथा कार्यक्रमका माध्यमबाट समाधान गर्नु पर्ने मुख्य सवालमा केन्द्रित रहदै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको दोस्रो विस्तारीत बैठक शनिबार खजुरामा सम्पन्न भएको छ ।संघका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न बैठकमा पछिल्ला समय उद्योगी व्यवसायीहरुको आर्थिक क्रियाकलापमा निकै गिरावट आएको अवस्थामा व्यवसायी समस्याहरुलाई एकिकृत गर्दै समाधान तर्फ लैजाने विषयमा समेत बैठक केन्द्रित भएको थियो । उद्योगी व्यवसायीहरुको हत तथा अधिकारका निम्ति स्थापना भएका साझा संस्थाहरुमा पार्टिगत प्रभाव वढि हुदाँ उद्योगी व्यवसायीहरुको हकहितका विषयमा बोल्नु पर्ने तथा पहिचानको लडाई नै बर्तमान अवस्था रहेको बैठकमा सहभागिहरुले राखेका थिए ।बैठकमा बोल्दै संघका जिल्ला अध्यक्ष संजय थापाले वर्तमान अवस्थामा व्यवसायीहरुलाई चारैतिरबाट समस्याले घेरेको अवस्थामा व्यवसायीहरुको आत्मबल माथि उठाउन जरुरी भएको हुदाँ प्रजातान्त्रिक उद्योगी व्यवसायीको सिंगो कार्यक्रम समिति लागि परेको बताए ।अध्यक्ष थापाले भने,“नैतिक तथा जिम्मेवारीको हिसाबले पनि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपाल सरकारसँग नितिगत रुपमा व्यवसायीहरुको हितमा हुने पर्ने माग राख्दछौ ”। “खुला भन्सार नाकाको नितिगत परिर्वतनको आवश्यकता र बैकको चर्को व्याजदरको विरुद्ध हामी उद्योगी व्यवसायीको साथमा सधै रहन्छौ” ।
नेपालगंज भन्सारको मात्रै समस्या नभै देशभरीकै भन्सार क्षेत्रका जिल्लाहरुको समस्याको रुपमा रहेको तस्करी तथा झन्झटिलो भन्सार नितिले सबै उद्योगी व्यवसायीको व्यवसाय खस्किदै गएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको विश्लेषण समेत रहेको छ ।संघका सचिव हिमपौडेलद्धारा सहजिकरण गरेको बैठकममा संघका वरिष्ठ महिला उपाध्यक्ष उमा ग्राण्डनले पछिल्लो समय उद्योगी व्यवसायीहरुको व्यवसायमा आएको आर्थिकमन्दीलाई समाधान गर्नका लागि स्थानिय तह देखि केन्द्रिय सरकारले टेवामुखी कार्यक्रमहरु ल्याउन जरुरी हुने बैठकमा बताईन । यस्तै बैठकमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सबै व्यवसायीहरुको साझा संस्था भएको हुदाँ व्यवासयी हितमा हुने सबै क्रियाकलापमा विभेदको निति नराख्ने हुदाँ सबैलाई यस संस्थामा आवद्ध हुन समेत बैठकमा सहभागीहरुले राखेको संघका प्रवक्ता मख्खन धामीले जानकारी दिए ।बैठकमा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी,सदस्य राजेन्द्र कुमार श्रेष्ठ,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाँकेका उपाध्यक्ष धुव्र प्रसाद दाहाल,सचिव टेक बहादुर खड्का,सहसचिव प्रेम खरेल,ललित कुमार रौनियार लगायतकाले आफ्ना भनाईहरु राखेको थिए । यसैगरी शनिबारक बैठकमै संघले आफ्नो पैतिस सदस्यीय कार्यसमिति पुरा गर्दै थप चार सदस्य मनोनित गरेको छ जसमा सोनाली गुप्ता,अचुत गौतम,दिनेश केसरवाल रहेका छन । बैठक खजुरा गाउँपालिका स्थित ग्रिन कटेजमा राखिएको थियो ।
संघको प्रेस सल्लाकारमा मधु पौडेल मनोनित
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको प्रेस सल्लाकारमा पत्रकार मधु पौडेललाई नियुक्त गरीएको छ नेपाल प्रेस युनियनका बाँकेका कोषाध्यक्ष समेत रहेको पौडेल विगत लामो समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहदै आएका छन ।पौडेल अहिले सगरमाथा टेलिभिजनका बाँके प्रमुख,मधुर खबर डटकमका प्रकाशक सम्पादक र बोर्डर म्यागजिनका सम्पादक समेत रहदै आएका छन ।शनिबार बाँकेको खजुरामा सम्पन्न संघको विस्तारीत बैठकले प्रेस सल्लाकारमा पौडेल लगायत विभिन्न व्यक्तित्वहरुलाई समेत सल्लाकारमा नियुक्त गरेको संघका प्रवक्ता मख्खन धामीले जानकारी दिए ।प्रवक्ता धामीका अनुसार आर्थिक सल्लाकारका आर्थिक सल्लाकारमा प्राध्यापक प्रकाश लामिछानेलाई मनोनित गरीएको छ भने सल्लाकारहरुमा बाँके नेपाली कांग्रसका जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारी,सदस्य राजेन्द्र कुमार श्रेष्ठ,चिन्तामणी धिताल,ललित कुमार रौनियार लगायत रहेका छन ।

नेपालगंज उद्योग वाणिज्य संघमा प्रजातान्त्रिको तर्फबाट लालित कुमार रौनियार
विगत लामो समय देखि व्यवसायी हितका सवालमा व्यवसायी अगुवाका रुपमा रहदै आएका बाँके प्रतिष्ठित व्यवसायी ललित कुमार रौनियारलाई नेपालगंज उद्योग वाणिज्य संघको प्रजातान्त्रिक उद्योगी व्यवसायीसंघ बाँकेले अघि सारेको छ । उद्योग वाणिज्यको नेतृत्वमा बलिया उम्मेदवारको का रुपमा रहेका रौनियारलाई संघले आफ्नो आधिकारीक अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको हो ।अन्य उम्मेदवारका हकमा अन्य राजनितिक पार्टिहरुसँग छलफल भैरहेको अवस्थामा संघले अध्यक्षको उम्मेदवारमा रौनियारलाई अगाडि सारेको संघका अध्यक्ष संजय थापाले बताए ।अध्यक्ष थापाले भने,“अहिले अध्यक्षको मात्र टुङगो लगायएको हो ,अन्य पदाधिकारी तथा सदस्यहरुका अझै निर्णय भैसकेको छैन,अन्य राजनितिक पार्टिहरुसँग समेत छलफलमा बसि रहेका छौ ”।
