spot_img
Sunday, June 4, 2023
Homeब्यानरतारालाई सफल आमाको परिचय

तारालाई सफल आमाको परिचय

spot_img

मुरली गोडिया
बर्दिया¥बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.२ कर्मलाकी तारा कुमारी चौधरी आफ्ना बच्चालाई हेरविचारका साथै कस्ता प्रकारका खानेकुरा खुवाउने भन्ने विषयमा पोख्त बनेकी छिन यसो गर्न उनलाई सम्भव बनायो जब प्लान इन्टरनेशनल नेपाल,थारु महिला उत्थान केन्द्र र ठाकुरबाबा नगरपालिकाको संयुक्त साझेदारी कार्यक्रमको प्रभाव उनमा प¥यो । २ सन्तानकी आमा चौधरीले आफ्नो पहिलो सन्तानलाई राम्रो स्याहार गर्न नसकेको भएता पनि दोस्रो सन्तानलाई राम्रो स्याहार सुसार गर्ने सक्ने भएकी छिन ।प्लानद्धारा संचालित बालबालिकाको शारीरिक तथा मानसिक विकाससँग लक्षित काार्यक्रममा सहभागी हुदाँ आफुले थुप्रै कुराका बारेमा जानकारी भएको चौधरी बताउछिन ।उनी भन्छिन,“पहिलो सन्तानलाई कसरी उर्काउने ,बढाउने ,कस्तो खाने खुवाउने भन्ने थाहा थिएन अलि कमजोर छ ” ।“बालबालिकाको सपना परियोजनाले आमाहरुलाई गाँउमा भेला गरेर सबै कुरा सिकाएपछि दोस्रो बच्चा मेरो पहिलो भन्दा राम्रो छ ।”चौधरीलाई अहिले स्वास्थ्य चेकजाँच ,पोषिलो खानपिन,तथा शारीरिक सरसफाई बारेमा जानकारी भएको छ ।बालबालिकाको सपना परियोजनाले कर्मला गाउँका महिलाहरुको बोली भाषा,व्यवहार तथा आमाहरु मार्फत घरका बालबालिकाको व्यवहारमा समेत परिवर्तन आएको छ ।चौधरी मात्रै होइन अन्य महिलाहरुमा समेत परिवर्तन आएको छ ।आफ्ना बच्चालाई विहानै देखी गर्नुपर्ने सम्पुर्ण कार्य उनीहरु आफै गर्छन,बच्चालाई विद्यालय जानका लागि तयार गरिदिने तथा असल अभिभावकको जिम्मेवारी कर्मला गाउँका सबै घरका सदस्यले समेत निभाउने गरेको पाइन्छ । परियोजनाको सहयोगले गर्दा बाहिरको खानेकुरा खानु हुदैन भन्ने कुरा गाउँमा फैलिएको छ ।गाउँमा प्रत्येक १५ दिनमा नवविवाहित आमा,हजुरबुवा,हजुरआमा तथा ३ वर्ष मुनिका छोराछोरी भएका आमाबुवाहरुको भेला हुने गर्दछ ।भेलामा बच्चा गर्भमा रहदाँ देखि जन्मेको ८ वर्ष सम्ममा आमा बुवाले कसरी आफु र आफ्ना बच्चालाई व्यवस्थापन गर्ने भन्ने बारे छलफल हुने गर्दछ ।परियोजनाले उक्त क्षेत्रमा विगत ३ वर्ष देखी कार्य गर्दै आइरहेको बालबालिकाको सपना परियोजनाका संयोजक विनय कुमार थारुले जानकारी दिए । परियोजनाले बालबालिकाको सम्पुर्ण विकासका लागि आमाबुवाको जिम्मेवारी तथा भुमिकाका बारेमा गाउँमा सहजीकरण गर्दै आएको संयोजक थारुले बताए। परियोजना अहिले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा कार्य गर्दै आएको जानकारी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here