नेपाल सरकारले फाल्गुन १९ गते दुधको मुल्य बढाएपछि कोहलपुर डेरी एसोसियसन बाँके विभिन्न दुधसँग सम्बन्धित प्रतिनिधिहरुको बैठक बसाई सरकारको मुल्य बृद्धिलाई सदर गरेको छ ।शनिबार कोहलपुरमा डेरी उद्योगी,भैसि फर्म किसान,तथा दुग्धजन्य व्यवसायीहरुको उपस्थितिमा बैठक बसी नेपाल सरकारले गरेको मुल्यबृद्धिलाई सदर गर्दै चैत्र ५ गतेबाट लागु हुने गरी सदर गरेको हो ।बैठकले अवका दिनमा गुणस्तरीय दुधलाई प्रथामिकमा राख्दै बजारिकरण गर्नु पर्ने बताएको छ ।बैठकमा उपस्थित एवन डेरी उद्योगका संचालक सन्तोष राज पौडेलले पछिल्लो समय बस्तुभाउमा प्रयोग हुने ब्रान्ड,चोकर,चुन्नी,मकैको चर्को मुल्य तथा बेकलाई तिर्नु पर्ने चर्को व्याजदरका कारण किसानको दुधमा मुल्य बृद्धि गरेर केही राहत दिएको बताए । पौडेलले मुल्य बृद्धि गर्दा उपभोक्ताहरुलाई पुग्न गएको असरप्रति आफुहरु सजक भएता पनि आफुहरुको मर्कालाई बुझिदिनु पर्ने बताए ।बैठकले गुणस्तरीय दुधलाई राज्यको मापदण्ड अनुसार कोहलपुरका उपभोक्ता माझ दुग्ध जन्य पदार्थ लैजान पहल गर्ने एशोशियनले जनाएको छ । उद्योगी फर्महरुले स्थानिय सरकारसँग समन्वयमा काम गर्ने भन्दै दुध भन्दैमा सेतो तरल पदार्थ नभै अवका दिनमा गुणस्तर सेतो तरल पदार्थ विक्री वितरण गर्ने जनाएको छ ।
नेपाल सरकारले होल दुधको मुल्य १०० कायम गरिएको छ भने स्टेन्डर दुधको मुल्य रु ९६ कायम गरेको छ ।त्यसैगरी सादा दहिको मुल्य रु १४० ,मिठो दहिको मुल्य १६० ,दहि बट्टामा रु १८०,दहि प्रतिकप २५० एमएल रु ५० ,पनिर प्रति किलो ९५० ,घिउ प्रतिकिलो रु १४००,क्रिम प्रतिकिलो रु ८००,खुवा प्रतिकिलो रु ९००,छुर्पि प्रतिकिलो रु १२०० ,नौनी प्रतिकिलो रु११५०,बदाम मिल्क प्रति २५० एमएल रु ८० र महि प्रति लिटर रु ७० कायम गरेको छ ।यसैगरी नेपालगंजमा चैत्र ३ गते बाटै बढेको मुल्य कायम गरीएको छ ।
00
00