गुट उपगुट त्यागेर पार्टीलाई एकजुट बनाउन सबै बडाको आग्रह टोल समितिलाई सक्रिय बनाउन सुझाव दिदै बाँके नेपालगंजउपमहानगरपालिका–२ नेपाली कांग्रेस वडा भेला शुक्रबार सम्पन्न भएको छ । नेपाली कांगे्रस वडा समितिका बुध सभापति प्रदिप श्रेष्ठको सभापतित्वमा सम्पन्न भेलामा पछिल्लो समय नेपाली कांग्रेसमा आएको गुटउपगुट जस्ता क्रियाकलापमा एकअर्कामा अविश्वासको समस्या भएको भन्दै यस्ता विषयमा गम्भिर हुन उपस्थितिहरुले सुझाएका थिए ।नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पुर्व मन्त्री सुरेन्द्र बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली कांगे्रसका जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारी,सचिव सुधान्सु कोइराला,जिल्ला समन्वय समितिका सदस्य जगदिश वाल्मिकी,नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर –२ का क्षेत्रिय सभापति रमेश गुप्ता,बाँके प्रदेश–२ “ख”का सभापति जितेन्द्र बहादुर हमाल,क्षेत्र नम्बर दुईका क्षेत्रिय सचिव सुनिल सिंह हमाल,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका सभापति संजय थापा तथा व्यवसायीक नेता अचुत प्रसाई लगायको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष विष्णु श्रेष्ठले गरेका थिए ।वडाका सचिव हिमनाथ पौडेलले संचालन गरेको कार्यक्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाँकेका जिल्ला तथा नगर कार्यसमितिलाई स्वागत समेत गरीएको थियो ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00