बाँके प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले एक कार्यक्रम गरी सबैमा होली पर्वको शुभकामना व्यक्त गरेको छ ।बाँकेको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरको पार्कमा मंगलबार शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम मार्फत संघले शुभकामना व्यक्त गरेको हो ।नेपाली कांग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका बाँके जिल्ला सभापति संजय थापाले गरेका थिए । शुभकामना कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा जिल्ला सभापति गौडेलले होलीलाई सदभावको पर्वको रुपमा लिदै पछिल्लो समय व्यवसायीहरुले भोग्नु परेको समस्याका बारेमा समेत बोलेका थिए । सभापति गौडेलले अहिले व्यवसायीहरुलाई व्यवसाय गर्न निकै गाह्रो भएको हुदाँ सबै व्यवसायहरु एकजुट हुदै समस्याको समाधानका लागि लाग्नु पर्ने बताए । नेता गौडेलले भने,“नेपाली कांग्रेस बाँके सधै व्यवसायीहरुको हितमा रहेको हुदाँ व्यवसायीहरुको समस्या पनि पार्टिको समस्याका रुपमा लिएका छौ,हामीहरु सधै व्यवसायीहरुको हितमा हुनेछौ ” ।

यसैगरी कार्यक्रमका सभापति एवं प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष थापाले होली पर्व सगै व्यवसायीहरुको पिडाहरु समाधानका आफुहरु सधैव व्यवसायीहरुको साथमा रहेको बताए । कार्यक्रम नेपालगंज उद्योग वाणिज्य संघका महासचिव चिरञ्विनी ओलीले समेत मन्तव्य दिएका थिए ।

कार्यक्रममा प्रजातान्त्रिक उद्योगी व्यवसयी संघ बाँकेका उपाध्यक्ष धुव्र प्रसाद दाहालले धन्यवाद मन्तव्य दिएको थिए भने प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज उपमहानगरपालिका स्तरीय नगर समितिका अध्यक्ष शिव प्रसाद दाहाले स्वागत मन्तव्य दिएका थिए ।होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा भर्खरै सम्पन्न रेडिमेट तथा व्याग व्यवसायी संघका निर्वाचित अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरेको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका जिल्ला सचिव हिमनाथ पौडेलले जानकारी दिए ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अर्का सचिव टेक बहादुर खड्काद्धारा संचालन गरीएको सो कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।