पछिल्लो समय देशले भोग्नु परेको आर्थिकमन्दीको प्रत्यक्षमारमा परेका व्यवसायीहरुको हौसाला तथा उत्साहका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके जिल्ला कार्यसमिति र नेपालगंज उपमहानगरपालिका नगर समितिको संयुक्त आयोजनामा मंगलबार होली पर्वलाई विशेष पर्वको रुपमा मनाउने भएको छ । हिन्दुहरुको रंगीन पर्वको रुपमा लिइने होली पर्वलाई होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रमका रुपमा मनाउन लागिएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष संजय थापाले बताए ।होलीको उपलक्ष्यमा मंगलबार स्थानिय बागेश्वरी पार्कमा विहान नौ बजे होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरीएको सचिव हिमनाथ पौडेलले बताए ।सबैलाई आमन्त्रण गरीएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले बताएको छ ।बैक वित्तिय क्षेत्रको विश्वास मान्न नसकिने खालको दवावबाट एक दिन भए पनि व्यवसायीहरुलाई उत्साह र खुशी प्रदान गर्नका लागि भए पनि होली मिलन कार्यक्रमको आयोजना गरीएको प्रजातान्त्रिक उद्योगी व्यवसायीसघ नेपालगंज नगर समितिका अध्यक्ष शिव प्रसाद दाहालले बताए ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00