बाँकेको डुडुवा गाउँपालिकामा शनिबार सम्पन्न दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिताको उपाधि खजुरामा रहेको मंगोलियन जुडोेले प्रप्त गर्न सफल भएको छ ।
मंगोलियन जुडोेले ६ स्वर्ण सहित २ रजत र ५ कास्य उपाधि जितेको हो ।यसैगरी यस प्रतियोगितामा दाङ जुडो डोजेले दोस्रो हुदै ३ स्वर्ण,४ रजत र ३ कास्य जितेको छ ।यसैगरी आयोजक बाँके कै कम्दी जुडो २ स्वर्ण,४ रजत र ६ कास्यसहित तेस्रो स्थान प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।यसैगरी बर्दिया जुडोले मात्र १ स्वर्णमा चित्त बुझाउने परेको छ ।प्रदेश स्तरीय जुडो प्रतियोगिता डुडुवा गाउँपालिकाको समन्वयमा कम्दी जुडोले शुक्रबारदेखि संचालनमा गरेको हो ।प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गरेका थिए ।प्रतियोगितामा लुम्बिनी प्रदेशका बाँके,बर्दिया,दाङ,कपिलवस्तु गरी ६ वटा जुडो क्लवका १ सय ३० खेलाडीहरुको सहभागित रहेको थियो ।प्रतियोगितामा महिला र पुरुष तर्फ ६ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो ।महिलातर्फ ४०,४४,४८,५२,५७ केजी र खुल्ला तौल समुह तथा पुरुषतर्फ ४०,४५,५०,५५,६० केजी र खुल्ला तौल समुहमा प्रतिस्पर्धा भएको हो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00