spot_img
Thursday, September 28, 2023
Homeब्यानररेडक्रस असक्त नागरिकको सारथी बन्दै

रेडक्रस असक्त नागरिकको सारथी बन्दै

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका–१८ का दृष्टिविहिन विरबहादुर थापालाई डुडुवाको बनभोज स्थलमा भेट्दा निकै खुशी भएको पायौ । थापालाई कहाँ ल्याए भन्ने थाहा छैन तर बनभोज खान भएको भन्ने भने थाहा जो उनको लागि नयाँ अनुभव थियो । आफ्नो अनुभवलाई थापाले यसरी प्रस्तुत गर्दै उनी यसो भन्छन,“ल्याएर यहाँ राख्दिनु भएको छ ,पिकनिक आएको भन्ने थाहाँ छ निकै खुशी लागेको छ ।” यस्तै अर्का हिड्न नसक्ने वर्ष ६५ का फागुराम चौधरी समेत बनभोज कार्यक्रममा आएका छन उनी आफै छक्क परेको छन बनभोज कार्यक्रमबाट,चौधरीले आफु हिड्न नसक्ने भएता पनि बनभोज कार्यक्रममा आएका अन्य अपाङ्गहरुको तुलनामा आफु राम्रो भएको महसुस गर्दछन,उनी भन्छन,“मलाई किन म हिड्न सक्दैन भन्ने सधै हुने गर्थौ निरास हुन्थ्ये तर आज बनभोजमा आउनु भएकाहरुलाई हेर्दा म हिड्न मात्रै नसक्ने त रहेछु नि भन्ने लागि रहेको छ,बनभोजमा सबै अपाङ्गहरुकोे सहभागीताले मलाई केही खुशी दिएको छ ।”यसरी बनभोज कार्यक्रमको नेतृत्व गरीरहेको नेपाल रेडक्रस सोसाइटी नेपालगंज उपमहानगरपालिका–२० मनिकापुर उपसाखाका सभापति नवराज सापकोटाले बनभोज कार्याक्रम विषेश गरी नेपालगंज वडा नं.१८ र २० का हिडडुल गर्न नसक्ने,आखा नदेख्ने लगायका नागरिकहरुको सहभागिलाई मुख्य जोड दिएको बताए । सभापति सापकोटाका अनुसार बनभोज कार्याक्रमलाई मनोरञ्जन होस भन्ने उदेश्यले आयोजना गरीएको स्पष्ट पारे ।बनभोजमा सबैसँगको भेटघाटले सबैलाई खुशी दिएको नेपालगंज उपमहानगरपालिका–१८बाट सहभागी हुन आएका रामवरण कुर्मी सुनाउँछन ।
नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखा,बाँकेको आयोजना तथा लायन्स क्लव अफ नेपालगञ्ज सिद्धि विनायकको सहकार्यमा बनभोज सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाका कोषाध्यक्ष डिल्लीराम रेग्मीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here