spot_img
Sunday, June 4, 2023
Homeब्यानर११६ ग्राम लागु औषध सहित तीन प्रक्राउ

११६ ग्राम लागु औषध सहित तीन प्रक्राउ

spot_img

बाँकेमा ११६ ग्राम लागु औषध ब्राउन सुगर सहित तीन जना व्यक्ति पक्राउ परेका छन ।कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी स्थित सडकखण्डबाट बर्दिया जिल्ला बढैयाताल गाउँपालिका वडा नं.७ बस्ने वर्ष २१ का विशाल सिंह ठकुरी,सोही स्थानका बिक्रम सिंह ठकुरी र बाँके जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ वस्ने निर्जन ढकाललाई बाँके प्रहरीले पक्राउ गरेको हो ।बिशाल सिंह ठकुरीले लगाएको खैरो रङको ज्याकेटको अगाडीको खल्ती र मलद्धारमा लुकाई राखेको हरियो र आकाशे रङको प्लाष्टिकमा बेरेको अवस्थामा प्लाष्टिक सहित तौल १२८ ग्राम १० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध गिलो पदार्थको मात्र तौल गर्दा ११५ ग्राम ७८० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो गिलो पदार्थ बरामद भएको थियो भने निर्जन ढकालको साथबाट प्लाष्टिक सहित २४० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध गिलो पदार्थको मात्र तौल गर्दा २२० मिलिग्राम लागु औषध ब्राउन सुगर गिलो पदाथ बरामद भएको थियो ।साथै उनीहरुको साथबाट भे.१३ प २७३ नं. को निलो रङको आर.टि.आर. अपाची मोटरसाईकल एक थान,टच मोबाई तीन थान र नगद रकम विशाल कुवारको साथबाट रु नौ हजार आठ सय रुपैया बरामद भएको हो ।प्र.स.नि.कमल के.सी.को नेतृत्वमा खटिएको प्रहरी टोलीले शंका मानी निजहरुको शरीर समेत तलासी लिई निजहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले उक्त लागुऔषध भारतको बलई गाउँबाट ल्याएको र उक्त लागुऔषध भारतको बलई गाउँबाट ल्याउँदा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.७ बस्ने बर्ष २८ को बिक्रम सिंह ठकुरी पनि कोहलपुरसम्म उक्त लागुऔषध ओसार पसारमा संलग्न रहेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलाएपछि निज बिक्रम सिंह ठकुरी लाई शनिबार नै जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ स्थित फेला पारी निजहरु तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here