spot_img
Sunday, March 26, 2023
Homeकला/साहित्यकोहलपुर महोत्सवमा गायक तथा मोडल चक्र बमको बेजोड प्रस्तुती

कोहलपुर महोत्सवमा गायक तथा मोडल चक्र बमको बेजोड प्रस्तुती

spot_img

रमा शर्मा(कोहलपुर सम्वाददाता)

बाँकेको कोहलपुर नगरीमा संचालनमा रहेको लुम्बिनी प्रादेशिक महोत्सवमा शुक्रबार चर्चित गायक तथा मोडल चक्र बमको बेजोड प्रस्तुती दिएका छन । महोत्सवको आठौ दिन युवा पुस्ता माझ निकै लोकप्रिय गायक तथा मोडल बमले बेजोड प्रस्तुती दिएका हुन ।प्रादेशिक महोत्सवको करिब एक घण्टा लिएका गायक बमले आफ्ना चर्चित गीतहरु सुनाएका थिए । बमले गाएका हरेक गितमा दर्शकहरुको साथ निकै सार्थक देखिएको थियो ।दर्शकहरुलाई नचाउँदै गाएक बमले केहि महिना अघि मात्रै रिलिज गरेको “कर्णाली,कर्णालीतिर”देखि पुराना गीत दाउ सड्काउने,जाडको झोल आए काँज,बम्बै गइजाने लगायतका गीतहरु प्रस्तु गरेका थिए ।बमको साथमा गायिक रिता के.सी.,रेश्मा पुनः र गायक एम.टी.महरले विशेष प्रस्तुती दिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यय लक्षमणराज पौडलले जानकारी दिएका छन ।
एलिना चौहानसहित स्वरुपराज आचार्यको प्रस्तुती
लुम्बिनी प्रादेशिक महोत्सवको नवौ दिन युवा पुस्तामा निकै चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुती रहने आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । चौहान पछिल्लो समय देशभर निकै रुचाइएकी गायिका हुन् । उनका ‘धोकेवाज हौँ तिमी’ र ‘मिनरल वाटर’ लगायतका गीत निकै चर्चित छन् । यसैगरी स्वरुपराज आचार्य र सत्यराज आचार्य पनि कोहलपुर आउने भएका छन् । स्वरुपराज डाँडाघरे साइली गीतबाट निकै चर्चित छन् । यस्तै चर्चित नृत्यांगाना आरुसी मगरको पनि प्रस्तुती रहनेछ । यस्तै स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here