मानव स्वास्थ्यका लागि स्पा प्रक्रिया आवश्यक भएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाले बताए ।बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.१० स्थित गोसाइ गाउँमा शुक्रबारबाट संचालनमा आएको पिसफुल स्पाको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।स्पाको उद्घाटनका क्रममा व्यवसायी संघ अध्यक्ष थापाले शहरको विकासको रुपमा लिने हरेक आर्थिक क्रियाकलाप स्थानिय तहलाई मात्र नभएर राष्ट्रका लागि समेत आर्थिक रुपमा राम्रो हुने बताए ।नेपालगंजमा स्पा खुल्नु भनेको विस्तारै शहर व्यवसायीक आधुनिकरण तर्फ बढेको भनेर भन्न सकिने बताउँदै अध्यक्ष थापाले भने,“स्वाले दिने सम्पुर्ण सुविधालाई सेवाको रुपमा लिनु पर्ने भएको हुदाँ यसलाई मानव स्वास्थ्य तथा मानसिक खुशीको महत्वपुर्ण भागको रुपमा हामीले लिनु पर्दछ ।” स्पा÷मसाज हाम्रा ऋषि मुनिहरुद्धारा उत्पादीत प्रक्रिया भएको हुदाँ यसलाई आर्थिक क्रियाकलाप र स्वास्थ्य राख्नका लागि मात्रै नभएर रोजगारी सृजना हुने हुदाँ अवका दिनमा स्पालाई सहज र सकारात्मक रुपमा लिनु पर्ने अध्यक्ष थापाले जोड दिए । यसैगरी कार्यक्रममा बोल्दै स्थानिय व्यपारीक नेता ललित कुमार रौनियारले स्पा खुल्नु भनेको पर्यटन व्यवसायमा थप बल प्रदान गर्नुका साथै स्वास्थ्य क्षेत्रमा अति नै महत्वपुर्ण रहेको बताए । नेता रौनियारले भने,“स्पालाई हामीले शहरीकरणको आवश्यक तत्वको रुपमा लिनु पर्ने पर्दछ,यसले पयर्टन व्यवसायको बृद्धि तथा स्वास्थ्यमा समेत विशेष स्थान राख्ने गर्दछ ।”
अधिकांश वैदेशिक मुलुकहरुमा मसाजलाई महत्वका साथ लिने गरेको पाइन्छ ।आर्थिक एवं स्वास्थ्यका दृष्टिकोणले निकै महत्वपुर्ण स्थान लिने स्पा÷मसाजलाई नेपाली समाजले अझै पनि सहज रुपमा स्वीकारको गर्न नसकेको देखिन्छ । फिजीयो थेरापीको विधिलाई निकै राम्रोसँग अपनाउने विधिको रुपमा रहेको मसाज÷स्पालाई सरकारी स्तरबाट समेत सम्बोधन हुने पर्ने र कतै स्पा का नाममा भैरहेको अवैध क्रियाकलापलाई अनुगमन गरी सहज रुपमा व्यवसायी मान्यन्ता प्रदान गर्नुे देखिन्छ ।
