नेपाल प्रेस युनियन बाँके शाखाका साधारण सदस्य खड्क खत्रीको आमा कौशिला खत्रीको ७४ वर्षको उमेरमा असामयिक निधन प्रति प्रेस युनियन बाँकेले एक शोक वक्तव्य जारी गरेको छ । जारी गरीएको शोक वक्तव्यमा भनिएको छ,युनियका साधारण सदस्य खड्क खत्रीको आमा कौशिला खत्रीको ७४ वर्षको उमेरमा निधन भएको प्रति नेपाल प्रेस युनियन मर्माहित भएको छ । बाकेको राप्तीसोनार गाउँपालिका वडा नम्बर–२ सम्शेरगंज बस्ने ७४ वर्षिय खत्रीको बुधबार बेलुका सवा आठ बजे बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।परिवारका अनुसार खत्री दम सम्बन्धी समस्याका कारण उपचारार्थ अवस्थामा मृत्यु भएको हो ।प्रेस युनियनका सचिव विजय मल्लद्धारा हस्ताक्षर गरीएको शोक वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको लागि भावपुर्ण श्रदाञ्जली व्यक्त गरीएको छ भने शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनी गहिरो समवेदना प्रकट गरीएको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00