spot_img
Friday, September 29, 2023
Homeबजारप्रदर्शनी सम्पन्न गर्दै महिला उद्यमीको १० बढिको कारोबार

प्रदर्शनी सम्पन्न गर्दै महिला उद्यमीको १० बढिको कारोबार

spot_img

महिलाहरुलाई उद्यमगर्न प्रेरित गर्दै लुम्बिनीप्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सम्पन्नभएको छ । फागुनको ५ गतेदेखि नेपालगन्जबागेश्वरी मन्दिर परिसरमाचलेको लुम्बिनीप्रदेश स्तरीय प्रदर्शनीमामहिलाउद्यमीहरुले स्थानीयकच्चापदार्थको प्रयोग गरी निर्माण गरेका सामाग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।
नेपालगन्जमा भएको प्रदर्शनीको सातौं संस्करणमा करिब १० लाखभन्दा बढिको कारोबार भएको आयोजकमहिलाउद्यमी संघ नेपालबाँके वरिष्ठ उपाध्यक्षएवम् प्रदर्शनी संयोजक साबित्री बस्नेतले बताईन् । प्रदर्शनीको अन्तिमदिन सानो पुजीबाट आफनो व्यवसाय सुरु गरेर सफलताहासिल गरेकातिनजना सफलमहिलाउद्यमीलाई सम्मानगरिएको थियो । सम्मानित हुनेमा नेपालमा अल्लोको प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेकी प्रेम नि.श. अल्लो धागो तथा तयारी पोशाक उद्योग घोराही दाङकी संचालक प्रेम कुमारी पुन, बुटिक व्यवसायमा सफलता हासिल गरेकी द बज फेशन वेयरकी संचालक सिमिता राणा र स्थानीय स्तरमा जुत्ता उत्पादन गरेर सफलता प्राप्त गरेकी राप्ती सु–उद्योगकी संचालक सुराजनमियाँलाई सम्मानगरिएको छ । मंगलबार भएको प्रदर्शनीको समापन समारोहकाप्रमुखअतिथि नेपालगन्जउप–महानगरपालिका मेय प्रशान्त विष्टले प्रदर्शनीले महिलाहरुलाई आत्मनिर्भर तर्फ बन्नमा प्रेरित गरेको बताए ।
आगामी दिनमा प्रदर्शनीलाई थप प्रभावकारी बनाउन उप–महानगरपालिकाले सहयोग गर्ने भन्दैं मेयर विष्टले समाजमा आर्थिक विकासको निम्ति महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन जरुरी रहेको बताए । उनले भने,‘संविधानले हरेक क्षेत्रमामहिलाहको हक र अधिकारलाई सुनिश्चत गरेको छ । तर हाम्रो समाजमाअझै पनिमहिलालाई उद्यम, व्यवसायमालाग्न सहज छैन । समाज र देशको विकास गर्ने हो भने महिला र पुरुषको हरेक क्षेत्रमा सहकार्य हुनपर्छ । महिलाबिना देशले कुनै राजनितिहोस या आर्थिक रुपान्तर, त्यो सम्भवहुदैन ।’ महिलाउद्यमी संघ नेपाललुम्बिनीप्रदेश संयोजक सरस्वतीशर्माले महिलाले आफनो सीप र क्षमतालाई सदुपयोग गर्दै एक अर्कामा सहकार्य गरेर उद्यमतर्फ लाग्नु पर्ने बताईन् । उनले भनिन,‘प्रदर्शन आज सफलतापुर्वक सम्पन्नभएको छ । यसमाहामीखुसी छौं । अझै पनिहामीले सीपभएर पनि घरभित्र लुकेर बसेकामहिलाहरुलाई उद्यम, व्यवसायसँगजोडन सकेकाछैनौं । उनीहरुलाई महिलाउद्यम संघ नेपालले हरेक वर्ष क्षमताअभिवृद्धि र सीपलाई सदुपयोग गर्नमा योजनावद्धमा रुपमाकामगर्नेछ ।’
महिलाउद्यमीलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले आयोजनागरिएको प्रदर्शनीमाबाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान, सुर्खेत लगायतका जिल्लाबाट आएकाउद्यमीले आफनो उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखेकाथिए । नेपालगन्ज–उपमहानगरपालिका र घरेलु तथा सानाउद्योग कार्यालय बाँकेले प्रदर्शनी गर्नम ाआर्थिक सहयोग गरेको थियो । प्रदर्शनीका दौरानआयोजकले विभिन्न राजनितिक दलबाट स्थानीय, प्रदेश र संघीय सरकारमा निर्वाचित भएकामहिला नेतृहरुलाई सम्मान समेत गरेको थियो ।
प्रदर्शनीको अन्तिमदिनकोहलपुर नगरपालिकाउप–मेयर संगीता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल र जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवलाई आयोजकले सम्मान गरेको थियो । आयोजकको तर्फबाट महिलाउद्यमी संघ नेपाल बाँके अध्यक्ष निरुपमा रस्तोगी, नेपालगन्जउप–महानगरपालिका मेयर प्रशान्त विष्ट र महिला उद्यमी संघ नेपाल लुम्बिनीप्रदेश संयोजक सरस्वती शर्माले सम्मान गरेका थिए ।
बाँकेमा महिलाउद्यमीहरुका क्षेत्रमा सक्रिय भएर काम गरिरहेको संस्था हो महिलाउद्यमीमहासंघ नेपालबाँके शाखा । जसले स्थापनाकालदेखि नै महिला उद्यमीका सीपलाई निर्खादैं व्यवसायिकरण गर्ने बाटोमा सफलता हासिल गर्दै गएको प्रदर्शनी संयोजक बस्नेतले बताईन । प्रदर्शनीले महिल उद्यमीलाई आफनो व्यापार र उद्यमलाई बजारीकरण गर्नमा नयाँउत्साह र प्रेरणा प्रदान गरेको अध्यक्ष रस्तोगीले बताईन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here