spot_img
Monday, March 27, 2023
Homeब्यानरमहोत्वपुर्ण निर्णय गर्दै प्रेस युनियन बाँके

महोत्वपुर्ण निर्णय गर्दै प्रेस युनियन बाँके

spot_img

बाँके जिल्ला नेपाल प्रेस युनियन बाँकेसाखाको आइतबार बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ । साखाका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाल प्रेस युनियन केन्द्रिय समितिले नयाँ सदस्यताको आवेदन लिने र पुराना सदस्यको नविकरण गर्ने निर्णयमा व्यपाक छलफल गरी बाँके जिल्लामा नेपाल प्रेस युनियनको नयाँ सदस्यताको आवेदन युनियनको विधान अनुसार जिल्लामा पत्रकारीता गरीरहेका व्यक्तिहरुबाट लिने र पुरानो सदस्यको नविकरण २०७९ फागुन १८ गतेभित्र गर्ने निर्णय गर्दे साखाका कोषाध्यक्ष मधु पौडेल र सचिव विजय मल्ललाई कार्य जिम्मेवारी दिएको प्रेस युनियन बाँकेले जनाएको छ ।यसैगरी नेपाल प्रेस युनियन बाँकेले थप दुई वटा पत्रकारीता पुरस्कार स्थापना गर्ने निर्णय स्वरुप प्रेस युनियन युवा पत्रकारीता र प्रेस युनियन क्रियाशिल पत्रकारीता पुरस्कार स्थापना गरेको छ भने पुरस्कार नेपाल प्रेस युनियनको पुरस्कार छनोट कार्यविधि अनुसार वितरण गरिने समेत बताएको छ ।यसैगरी साखाले स्थापना गरेका पत्रकारिता पुरस्कारहरु क्रमशः सुशिल कोइराला स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कार ,पे्रस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजी राष्ट्रिय पत्रकारिता पुरस्कार,जगन्नाथ गौडेल पत्रकारीता पुरस्कार लगायतका पुरस्कार छनोटका लागि कार्यविधि बनाई अगाडि बढ्ने निर्णय गरीएको प्रेस युनियन बाँके साखाका सचिव विजय मल्लले जानकारी दिए ।त्यसैगरी प्रेस युनियन सम्बद्ध पत्रकारहरुसँग विभिन्न विषयमा लेख,विचार जस्ता सामाग्रीहरु आब्हान गर्दै साखाले पहिलो स्मारीका “समृद्धिका लागि सञ्चार ”प्रकाशन गर्ने भएको छ । साथै विगत वर्षकै आगामी वर्षका लागि नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो प्रकाशनका लागि पुर्वतयारी गर्ने समेत निर्णय गरेको साखाका सदस्य कमल खत्रीले जानकारी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here