बाकेको नेपालगंज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी आइतबारबाट सुरु गरेको छ ।उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिलाई ८० लाख रुपैयाँ लगानी गरेको हो । नेपालगंज उपमहानगरपालिकाद्धारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रतातन्त्र दिवसको अवसर पारेर आइतबार वडा नम्बर ४,७,८,९,११ र २० का ४८ जनालाई न्युनतम २५ हजार रुपैयाँदेखि अधिकत्म २ लाख रुपैयाँ प्रदान गरिएको हो ।साझेदारी विकास कार्यदलका संयोजक एवम् नेपालगंज २० का वडा अध्यक्ष कौशलकुमार धाबीले आइतबार चेक हस्तान्तरण गरेको हुन ।“सानो स्केलमा व्यापार व्यवसाय गरिरहेको विपन्न समुदायका व्यक्तिलाई आर्थिक सहजताका लागि लगानी गर्ने उदेश्य अनुसार चेक रकम हस्तान्तरण गरेको हौ,वडा अध्यक्ष धावीले भने,“खासगरी लक्षित समुदाय अन्तर्गत मधेशी,मुस्लिम,पिछडिएको वर्ग,अल्पसंख्यकहरुको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गरेको हौ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00