हात्तीपाईलेको रोगको उच्च जोखिममा रहेको बाँकेमा औषधी सेवनको मात्र आवश्यकता भन्दै कमी भएको पाइएको छ ।स्वास्थ्य कार्यालय बाँकेको तथ्याङक अनुसार हात्तिपाईले विरुद्धको औषधी नखानेमा पढेलेखेका शिक्षित नागरीक नै बढि भएको पाइएको बताइएको छ ।
बाँकेको शहरी क्षेत्रमै हात्तीपाईले विरुद्धको औषधी सेवन गराउन चुनौती भएको बाँकेका स्वास्थ्यकर्मीहरुले बताए । बुधबार बाँकेको नेपालगंजमा पत्रकारसँगको एक अन्तरक्रिया कार्यक्रममा यस्ता विषयहरु उठेको हो ।स्वास्थ्य कार्यालय बाँके प्रमुख सुनिता पौडेलले सरकारले हात्तीपाईले रोगलाई २०२० सम्म निवारण गर्ने लक्ष्य लिएतापनि अभियानले सफलता नपाउदाँ अभियानले तेह्रौ वर्षमा प्रवेश गरेको बताइन ।दम,मुटु रोग जस्ता दिर्घरोगी ,गर्भवती ,एक हप्तासम्मका सुत्केरी आमाहरु,छारेरोगका विरामी एवं दुई वर्ष नपुगेका बालबालिकाले औषधी सेवन गर्न नहुने भएको र अर्को तर्फ पढेलेखेका शिक्षित मानिसहरुले हामीलाई के हुन्छ भन्ने जस्ता प्रश्नहरु उठाउँदै औषधी नखाई दिदाँ अभियान प्रभावित बनेको स्वास्थ्य कार्यालय बाँके बताउँछ ।

जिल्लामा ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तिपाईले रोग विरुद्ध अभियानकी फोकलपर्सन दुर्गा गौतमले बताइन ।बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला भएको हुदाँ पनि अभियानलाई सफल बनाउनका लागि सबैले औषधी खानु पर्ने अवस्था रहेको छ । नेपालगंज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना,कोहलपुर नगरपालिकामा एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधी खुवाउने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको फोकलपर्सन गौतमले बताउछिन ।

फोकल पर्सन गौतमका अनुसार सहरी क्षेत्रमा हात्तीपाईले बिरुद्धको औषधी सेवन गराउन घर घरमा पुग्दा लेखेकै व्यक्तिहरुले घरको चुकुन लगाउने, कुकुर छोरदिन जस्ता कार्य गर्ने भएकोले अभियानलाई सफल पार्न कठिनाई भएको भन्दै हात्तीपाईले बिरुद्धको अभियानमा जानकी गाउपालिकामा ० प्रतिशत, खजुरा गाउँपालिकामा ७ प्रतिशत, नरैनापुरमा ६४ प्रतिशत, डुडुवा गाउपालिकामा ७८ प्रतिशत, बैजनाथ गाउपालिकामा ७३ प्रतिशत, राप्तीसोनारी गाउँपालिकामा ७३ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकामा ५० प्रतिशत रहेको वताईन ।यही फागुन ११ गते देखि हात्ती पाइले विरुद्धको औषधी खुवाउने अभियान संचालन गरीने छ र फागुन मसान्त सम्मलाई राखिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।
पछिल्लो समय बाँकेमा मात्रै नभै नेपालमा नै विभिन्न आभियानका नाम ल्याइने स्वास्थ्य सम्बन्धी कार्याक्रमलाई नेपालीहरुको आफुहरुमा प्रयोगका लागि ल्याइएको भन्ने सोचका कारण अभियानहरु असफल हुने गरेको हामीले पाउँछौ ।यसमा सम्बन्धी निकाय निकै चनाखो हुनु पर्ने देखिन्छ ,नेपालीहरुको औषधीको प्रयोगबाट कुनै समस्या हुदैन भन्ने किसिमको विश्वास दिलाउन नसकेकी रहेको हो की भन्न सकिन्छ ।