बाँकेको नेपलागंजमा धार्मिक जागरणको अभियानलाई ससक्त र क्रियाशिल बनाउनका निम्ति भगवान तिरुपती बालाजिको मन्दिर निर्माण गरीने भएको छ ।पछिल्लो समय नेपालमा विभिन्न तरीकाले हिन्दु धर्म प्रति प्रहार भैरहेको अवस्थामा तिरुपती बालाजिको मन्दिर निर्माणका लागि भोली बाट नेपालगंजमा श्रीमदभागवत सप्ताह सत्सगं संचालन गरीने भएको हो ।
बाँकेको नेपालगंजमा धार्मिक जागरणको अभियानलाई अझै ससक्त र व्यपक बनाउने उदेश्य स्वरुप भगवान तिरुपती बालाजीको मन्दिर निर्माण गरीने भएको छ ।धर्म निरपेक्षको बाहानामा हिन्दु आस्था माथि भैरहेको प्रहारलाई धार्मिक प्रतिस्ठानहरुको स्थापना गर्दै धार्मिक जागरण दिने उदेश्यका स्वरुप मध्ये र पश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाउदै धार्मिक प्रतिष्ठानको रुपमा तिरुपती बालाजीको मन्दिर स्थापना हुने भएको हो ।नेपालगंजमा एउटा तिरुपती बालाजीको मन्दिर स्थापना गर्ने मुख्य उदेश्य रहेको भएता पनि बाह्य शक्तिबाट हिन्दु धर्ममाथि प्रहार भैरहेको हुदाँ यसलाई धार्मिक जागरणसँग जोड्न सकिने गौ रक्षक संरक्षण अभियान नेपालका किशोर गुरुङ बताउँछन ।गुरुङले भने,“अहिले हिन्दु धर्म माथि चारैतिरबाट प्रहार भै रहेको हुदाँ अहिलेको अवस्थामा धार्मिक जागरण नै धर्म बचाउ सक्ने माध्यम हो ।”तिरुपती बालाजीको आवश्यकतालाई विषेशगरी स्थानिय तह लगायत प्रदेशमै आर्थिक उपार्जनसँगै भत्तजनहरुको भक्तीभावलाई सहज रुपमा प्रदान गर्नका लागि बाँकेको नेपालगंजमा स्थापना गर्न लागिएको विश्व हिन्दु महासंघको भनाई रहेको छ । विश्व हिन्दु महांसघ नेपालगंज उपमहानगरपालिकाका नगर अध्यक्ष बुद्धिसागर सुवेदीले भने,“हामीहरुले तिरुपती बालाजीको मन्दिरमा गएर तिरुपतीको दर्शन गरेर आयौ,तर दर्शन पाउन निकै गाह्रो अतः सबैलाई दर्शनका लागि पायक पर्छ भन्ने उदेश्यले अहिले मन्दिर स्थापनाका लागि महायज्ञ ,सप्ताह लगायका लगाउन गइरहको छौ ।”नेपालगंज शहर व्यपारीहरुको शहर भएको र तिरुपती बालाजी व्यापारीहरुको इष्ट देवका रुपमा चिनिने हुदाँ नेपालगंज शहर मध्ये र पश्चिम क्षेत्रको व्यापारीक शहर भएकाले नेपालगंजमा बालाजीको मन्दिर बनाउन थालिएको हिन्दु राष्ट्र नेपालका अभियान्ता युवा सन्त श्रीनिवासचार्य महाराजले बताए । युवा सन्त महाराजले भने,“भगवान सबै स्थानमा बस्ने भएता पनि अहिलेको अवस्थामा धन र मुक्तिलाई दुवैको मनकामना पुरा गर्ने देवता भनेको बालाजी हुन अतः यहाँ स्थापना गर्न लागिएको हो ”।उनलेभने,“अहिले धर्म मासिदै गएको अवस्थामा बालाजी तिरुपतीको मन्दिर स्थापनाले नयाँ उर्जा आउने हुदाँ धार्मिक ,सास्कृतिक तथा मुक्ति प्राप्तीको मार्ग प्रशस्त हुने छ ।”व्यापारीहरुको इष्ट देवका रुपमा मानिने तिरुपती बालाजीलाई मध्ये र सुदुर पश्चिमको व्यपारी क्षेत्र नेपालगंजमा स्थापना गर्दा धनधान्य तथा मुक्ति प्राप्ती हुनुका साथै घण्टौ लगाएर देश बाहिरका तिरुपतीका मन्दिरमा दर्शन गर्नु पर्ने समस्या समाधानका लागि बाकेको तिरुपती बालाजीको स्थापना गर्न लागिएको हिन्दु राष्ट्र नेपालका अभियान्ता युवा सन्त श्रीनिवासार्चायको भनाई रहेको छ ।
बालाजीको मन्दिर निर्माणका लागि बाँकेका नेपालगंज,खजुरा एवं कोहलपुर लगायतका क्षेत्रमा रहेका सार्वजानिक तथा निजी जग्गाहरुको निरक्षण भैरहेको अवस्था मन्दिर ठक्कै कुन स्थानमा निर्माण गर्ने अझै सम्म निर्धारण भएको छैन ।
00
00