आयोजक जय किसान स्पोर्टस क्लबले दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
आइतबार जय किसान स्पोर्टस क्लबले बागमति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ ।
जय किसानले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधिजित्न सफलभएको हो । प्रतियोगिताको पहिलो संस्करणमा जय किसानले कैलालीमसुरिया फुटबल क्लबलाई हराउँदै उपाधिजितेको थियो ।
आइतबार जय किसानलाई लगातार दोस्रो पटक उपाधिदिलाउननिशान डाँगीले २ गोल गरे । खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमाभएको फाइनल खेलमा डाँगीले खेलको २५औं र ८०औं मिनेटमा गोल गरेकाथिए ।
प्रतियोगितामा जय किसानका प्रविण कुमार सुनार सर्वोत्कृष्ट खेलाडी, जय किसानकै कृष्ण क्षेत्री सर्वाधिकगोलकर्ता र बागमतिका करण शाहीउत्कृष्ट गोलकिपरको रुपमा पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिम जय किसान स्पोर्टस क्लबले नगद रु १ लाख २१ हजार रुपैयाँ र उपविजेताबागमतिले ६१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रविणले ६ हजार, सर्वाधिकगोलकर्ता कृष्णले ५ हजार र उत्कृष्ट गोलकिपरले करणले ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको विजेता, उपविजेता, सर्वोत्कृष्ट, उत्कृष्ट गोलकिपर र सर्वाधिकगोलकर्ता खेलाडीलाई कार्यक्रमकाप्रमुखअतिथिखजुरा गाउँपालिकाअध्यक्ष डम्बर विकतुफान, स्व. श्यामथापाकीधर्मपत्नीयामकुमार थापा, अखिल नेपाल फुटबल संघ केन्द्रिय सदस्यभोजराजशाही, खजुरा गाउँपालिकाउपाध्यक्षमन्जु मल्ल, आयोजकक्लब जय किसान स्पोर्टस क्लबकाअध्यक्षदिपु राना, महासचिवदिपक राना, प्रतियोगिताको मुख्यप्रायोजकबाँके बर्दिया मैत्री समाजजापानकाप्रतिनिधि सागर पाण्डे, लिलबहादुर मल्ल, लुम्बिनी–कर्णालीप्रदेश क्रिकेट संघका अध्यक्षदुर्गा थापा, लुम्बिनीप्रदेश भलिबल संघ उपाध्यक्ष कृष्णा पाठक, उपेन्द्र क्षेत्री एन्ड एशोसियसटका सिएउपेन्द्र क्षेत्री, अंकितथापाबुबाचन्द्र थापा, खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्षमनवीर क्षेत्री, इलाकाप्रहरी कार्यालय धनौलीकाप्रमुखप्रहरी निरिक्षक प्रेम प्रसाद रेग्मी, खजुरा गाउँपालिका खेलकुदविकास समिति सदस्य सचिवछवि विष्ट, बाँके जिल्ला फुटबल संघका उपाध्यक्षनिर्मल चन्दलगायतले पुरस्कार प्रदान गरेकाथिए ।
जय किसान स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामानेपाल र भारतका गरी १३ नकआउटका आधारमाप्रतिस्पर्धा गरेकाथिए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00