spot_img
Saturday, April 1, 2023
Homeखेलकुदनेपालगन्ज मेयर तथाउपमेयर कपक्रिकेटन्यु दर्पण र रनियापुर युवाक्लबविजयी

नेपालगन्ज मेयर तथाउपमेयर कपक्रिकेट
न्यु दर्पण र रनियापुर युवाक्लबविजयी

spot_img

न्यु दर्पन र रनियापुर युवाक्लबले नेपालगन्ज मेयर तथाउपमेयर कपक्रिकेट प्रतियोगितामाआइतबार सफलताहासिल गरेका छन् ।
मंगल प्रसादउच्चमाविको खेल मैदानमा न्यु दर्पणले सेन्ट थोमस स्कुललाई ३२ रनले हरायो । अर्को खेलमा रनियापुर युवाक्लबले ज्यागवार क्रिकेट क्लबलाई ३९ रनले पराजित गरेको छ । मंगल प्रसादउच्चमाविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको न्यु दर्पणले १५ओभरमा ४ विकेटको नोक्सानीमा १ सय २२ रन बनाएको थियो ।
न्यु दपर्णकाविशालगुबाजुले ५१ रन, अनिषपुन मगरले १५ रन, रिशम सिंह ठकुरीले १३ रन र विशालपौडेलले अविजित १२ रन जोडे । सेन्ट थोमसकाउत्सव बस्नेतले ३ विकेट लिए ।
जवाफमा सेन्ट थोमस १३.४ ओभरमा ९० रन बनाएर अलआउट भयो । सेन्टथोमसका कृष्ण आचार्यले ३८ रन र सुदिपश्रेष्ठले १३ रन बनाए । दर्पणका विशालपौडेलले ४ विकेट र रमेश भण्डारीले ३ विकेट लिए । खेलमा ४ विकेट लिनेदर्पणकाविशालप्लेयर अफ द म्याच घोषित भए । उनलाई महिला राष्ट्रिय क्रिकेट टिमका पुर्व प्रशिक्षकजमिलअन्सारी र प्रशिक्षक इरफान सैयदले पुरस्कृत गरे ।
यसैगरी अर्को खेलमा टस जितेर ब्याटिङ गरेको रनियापुरले २० ओभराम ८ विकेटको नोक्सानीमा १ सय ४६ रन बनाउन सफलभयो । रनियापुरकालागिभोलाखानले अविजित ३६ रन, नफिस खानले २० रन, सम्मु खानले १४ रन र टिका यादवले १३ रन जोडे ।
ज्यागवार क्रिकेट क्लबकाअमिनश्रेष्ठले ३ विकेट, मुजिबअन्सारीले २ विकेट लिए । जवाफी ब्याटिङमा ज्यागवारले १७.३ ओभरमा १ सय७ रन बनाएर अलआउट हुनपुगेको थियो । टोलीकालागिमनोज यादवले २१ रन, ओपनर असलमहलवाईले २० रन र अर्जुन सिंहले १४ रन बनाए । रनियापुरकालागि टिका यादवले सर्वाधिक ४ विकेट, इरफानखानले ३ विकेट र सम्मु खानले २ विकेट लिए । खेलमा रनियापुरका टिका यादवप्लेयर अफ द म्याचबाट पुरस्कृत भए । उनलाई हक्की संघ बाँकेकापुर्व अध्यक्ष अमर शाहीले पुरस्कृत गरे ।
बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामाविधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमानखेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here