बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा तनावग्रस्त स्थितिका कारण स्थगित भएको छ ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आयोजकले दर्शक बीच उनीहरुले माग अनुसारको कलाकार उभ्याउन नसक्दा दर्शकले ढुंगामुढा गरेका छन ।
आयोजकले जारी कार्यक्रममा माघ २३ गते दर्शक माझ उनीहरुले खोजेका कलाकारलाई ल्याउने प्रतिबद्धता गर्दै महोत्सव अवधि समेत बढाईको जनाएको थियो । त्यस क्रममा भिटेनलाई ल्याउन कै लागि समय सिमा बढाएको दर्शकलाई जानकारी गराइएको थियो । जस पश्चात दर्शकलाई भिटेनलाई हेर्न उत्साहित भएका थिए ।
तर आयोजकले शनिवारका लागि र्यापर मिष्टर डीको प्रस्तुति रह्ने कार्यक्रम तय गरेर प्रचारप्रसार गरेको थियो । यता मिष्टर डीले शनिवार बिहान आफ्ना व्यक्तिगत फेसबुक एकाउन्ट मार्फत आयोजकले झुठको खेती गरेको बताएका छन ।
उनले भनेका छन, ‘यो झुटो हो है हामीलाई केही खबर नै छैन !! यसरी हामिलाइ सोधपुछ नगरी पोस्टर बनाएर नहाल्नु होला फेरी नराम्रो हुनेछ ।’
यता महोत्सव व्यवस्थापकले मिस्टर डीलाई जानकारी गराइएको दावी छ ।
आयोजकले तय गरेको अग्रिम तालिका अनुसार शनिवार महोत्सवमा कलाकारको प्रस्तुति पश्चात समापन गर्ने तयारी गरिएको थियो । तर महोत्सवको अन्तिम दिनमा समेत दर्शक माझ भिटेनलाई उपस्थित गराउन नसक्दा दर्शक आन्दोलनमा उत्रिएका थिए ।
करिब साँझ ५ बजेको समयमा दर्शकले नारावाजी शुरु गरेका थिए । उनीहरुले ‘वि वान्ट भिटेन’ को नारा लगाउदै ढुंगामुढा गरेका थिए । उपस्थित दर्शकको भिडले मञ्च तर्फ बढदै सचिवालय तोडफोड थालेको थियो । शचिवालय तोडफोड गर्न लाग्दा घटनास्थलमा प्रहरीको टोलिले अवस्थालाई नियन्त्रणमा लिदै केही दर्शक माथि हात नै उठाएको थियो ।
दर्शक विनिता विश्वकर्माले भनिन्, ‘आयोजकले आज भिटेन आउने जानकारी गराएको थियो । तर शनिवार भिटेन नआउदा दर्शकले बिरोध गरेका हुन ।’
यस्तै अर्को जुम्लाबाट कार्यक्रम हेर्न आएका दर्शक जेबी रोकायले आयोजकले झुक्याएर दर्शकलाई गलत प्रचारका भरमा बोलाउने गरेको बताए । उनले भने, ‘आयोजकले हामीलाई ढाटी राखेको छ । २४ गते सम्म भनिएको महोत्सवलाई २८ गते भिटेन आउछ भनेर लम्बियाइयो । हामीले १०० रुपैँया टिकट किनेर आयौं । यस अघि ६० रुपैँया थियो । शनिवार भिटेन आउछ भनेर गराइएको झुक्याइएको बिरोधमा भिटेनका समर्थकहरुले नारावाजी गरेका हौं ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार ढुंगामुढा गर्ने पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।
यस अघि शुक्रबार नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सवमा लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा पैसाको चलखेल गरी प्रथम गराएको आरोप लगाईएको थियो ।
उक्त प्रतियोगितामा आयोजक, प्रतिस्पर्धी र उनीहरुको अभिभावक बीच विवाद उत्पन्न भएको थियो । तर विवादको समाधान नहुदैँ आयोजकले एकतर्फी रुपमा परिणाम घोषणा गरेको थियो । घोषणा गर्ने क्रममा त्यहाँ दर्शकको उपस्थिति समेत न्यून भईसकेको थियो । उत्पन्न विवाद छलफल मार्फत समाधान गर्न सहज बाटोलाई बेवास्ता गर्दै जबरजस्र्ती घोषणा गर्नुका कारणका विषयमा पत्रकारको जवाफ दिदै आयोजक अध्यक्ष मधु कुमारी खड्काले निणर्ायकको निणर्यका अनुसार प्रतिस्पर्धीको परिणाम घोषणा गरिएको बताएकी थिईन ।
सार्वजनिक गरिएको उक्त परिणामको बिरोध गर्दै आज पनि प्रतिस्पर्धी र उनीहरुको अभिभावक महोत्सव परिसरमा आन्दोलित थिए । सार्वजनिक गरिएको परिणाम चित्त बुझ्दो नरहेको उनीहरुको भनाई छ ।
आयोजकको फितलो व्यवस्थापनका कारण नेपालगञ्जमा जारी महोत्सव तनावग्रस्त बनेको बुझिएको छ ।